फेवा डान्स आइडलको म्याग्दी जिल्ला अडिसन सम्पन्न भएको छ ।“संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनका लागि फेवा टेलिभिजनद्धारा आयोजित फेवा डान्स आइडल सिजन १ गण्डकी प्रदेश स्तरिय सामुहिक लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०७५” को म्याग्दी अडिसन शुक्रबार बेनिमा सम्पन्न भएको हो । होटेल यतिमा आयोजना भएको सो अडिसनमा जिल्लाका १२ समुहले सहभागिता जनाएका थिए ।

सहभागि मध्य ६ समुह दोस्रो चरणका लागि छनौट भएको कार्यक्रम संयोजक सुजन बरालले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बेनि नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको कार्यक्रको उद्घाटन गर्दै टेलिभिजनले आयोजना गरेको यो कार्यक्रमले बिभिन्न जातजातिको र गाउँघरहरुमा लोपन्मुख तथा लुकेर रहेका लोक सांस्कृतिक प्रतिभाको पर्वद्धन जगेर्ना कार्यमा उल्लेखनिय योगदान दिने बताउदै कार्यक्रमको सफलताको शुभकामना व्यत्त गर्नुभएको थियो ।

लोपन्मुख लोक सांस्कृतिक नृत्यहरुको प्रर्बद्धन तथा जगेर्नाका लागि नगरपालिकाले पनि बिशेष प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रम आयोजक फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लिलबहादुर जि Þसिले गण्डकी प्रदेशमा रहेका लोपन्मुख लोक सांस्कृतिक सम्पत्त्हिरुको जगेर्ना तथा जिल्लाहरुको पर्र्यटन प्रर्वद्धनका लागि आफुहरुले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मंका खलः नागा नागिनि नृत्य, मालिका गाउँपालिका वडा नं ५ देविस्थानका थालि नृत्य, बेनि आवासिय माबिको नृत्य, माउण्ट एभरेष्ट आवासिय माबिको नृत्य र बेनि नगरपालिका वडा नं ७ को फ्रि स्टार नृत्य गरि ६ समुह दोस्रो चरणका लागि प्रवेश गरेका छन ।

तुलसि प्रभास, नृत्य निर्देशक राम लामा, बुद्धिमान दुरा गुरुङ “धम्पु ” र सञ्जय श्रेष्ठको निर्णायक मण्डलको टोलिले उक्त टोलिहरु दोस्रो चरणका लागि प्रवेश गरेको घोषणा गर्नुभएको कार्यक्रम संयोजक बरालले जानकारि दिनुभयो । गण्डकी प्रदेशका ११ जिल्लाहरुमा संचालन हुने सो अडिसन स्याङज्या जिल्लाको सिरुबारिकाट सुरु भइ वालिङ्ग, दमौलि, लमजुङको भेटेवडार सम्पन्न भएको लगत्तै बाकि सवै जिल्लाहरुमा सुरु गरिने संयोजक बरालले जानकारि दिनुभयो । दोस्रो चरणमा प्रवेश गरेका समुहलाइ “वेलकम टु पोखरा”को कार्ड प्रदान गरिएको थियो ।

गण्डकि प्रदेशकै ठुलो धन राशि भएको सो कार्यक्रममा प्रथम हुने समुहले नगद रु तीन लाख र बिशेष उपहार, दोस्रो हुने समुहले तेस्रो हुने समुहले नगद रु दुई लाख र बिशेष उपहार ,सान्त्वना समुहले नगद रु एक लाख पचास हजार र बिशेष उपहार तथा उत्कृष्ट दश समुहले नगद रु तीस ÷तीस हजार र बिशेष उपहार पाउने संयोजक बरालले बताउनुभयो । बेनि नगरपालिकाका प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यताको उपस्थिति , आयोजक फेवा टेलिभिजनका प्रबन्ध निर्देशक एवम समाजसेवि जिÞ .सिको अध्यक्षता र टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरे र सहिल्ताज कुंवरले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दी उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, नेपाल महिला संघकि अध्यक्ष एवम एकल महिला तथा बालबालिका शसक्ती केन्द्रकी अध्यक्ष बिमला गौचन, नेपाल मगर संघ म्याग्दीकी उपाध्यक्ष डकमाया पाईजा मगर ,नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कार्यक्रम आयोजक फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी ,बेनि नगरपालालिका वडा नं १०का कार्यबाहक अध्यक्ष लोक बहादुर पुन मगर ,वडा नं ९ का अध्यक्ष वेलबहादुर चोखाल, वडा नं १ टेकबहादुर रावल, टेलिभिजनका पर्वत जिल्ला संबाददाता सुवास लामिछाने, अडिसन संयोजक एवम जिल्ला संबाददाता साधन राम्जालि मगर तथा बिभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।