कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ ।यस्तो अभिन्न मानिने अंग कलेजोलाई स्वस्थ कसरी राख्ने त जानौं-

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई स्वस्थ राख्न मद्धत गर्छ ।

अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ ।

चुकन्दर र गाँजर– यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ । त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।

ग्रीन टी– यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ । ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ ।

हरिया सागसब्जी – कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन् । काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ । यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।

एभोकाडो– पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।

स्याउ– यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ ।

ब्रोकाउली र काउली– यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ । यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ । यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।

कागती – सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ । बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ ।