मुटुरोगबाट टाढा रहनका लाग हामी धेरै कुरा सुनिरहेका हुन्छौ । तैपनि मुटुरोग बढ्दो छ। तर, केही ससाना गल्तीहरु पनि वर्षौपछि तपाईका लागि समस्या बन्न सक्दछ । त्यसैले मुटुका लागि सात उपाय महत्वपूर्ण हुन सक्दछ ।

कुन फ्याट हानिकारक
हामीमध्ये धेरै मानिस कयौ प्रकारका फ्याट्समा अन्तर जान्दैनौ । तर, जरुरी छ कि त्यसका बारमा जानकारी होस् । जस्तो कि सबैभन्दा खराब ट्रान्स फ्याट । ट्रान्स ती सबै कुरामा छ जुन प्रोसेस्ट फुड छन् । जङ्क फुड र बेकरीका उत्पादन पनि यो सूचीमा पर्दछ । त्यसैले सबैभन्दा आवश्यक छ, ट्रान्स फ्याटबाट टाढै रहनु ।

आफ्नो इयरफोनलाई केही टाढै राखौ
धेरै चर्को आवाजले पनि तपाईको मुटुलाई हानी पुराउन सक्दछ । कयौ अध्ययनमा देखिएको छ कि बढी चर्को ट्राफिक वा आवाजका सुनिने म्युजिकले पनि तपाईको मुटुको बीट बढाउन सक्दछ । यसविपरीत मन्द गतिको मधुर संगीतले तपाईको मुटु र दिमाग दुवैमा राम्रो असर पार्दछ । त्यसैले यदि तपाई बढी समय कानमा इयरफोन लगाएर चर्को स्वरमा म्युजिक सुन्नुहुन्छ भने सावधान रहनुस् ।

लामो समय बस्नु पनि हानिकारक
हामीमध्ये धेरै मानिसलाई आफ्नो रोजगारीका क्रममा घण्टौसम्म पसेर काम गर्नु पर्दछ । नराम्रो समाचार यो छ कि लामो समयसम्म बसिरहनु मुटुका लागि धेरै नै नराम्रो मानिन्छ । केही अध्ययनहरुका अनुसार लामो समयसम्म बसिरनु मुटु रोग हुने सम्भावना १४७ प्रतिशतसम्म बढ्ने गर्दछ । त्यसैले काम गर्ने क्रममा हरेक केही घण्टामा ब्रेक लिनु उचित हुनेछ, यतायता टहल्नु अझै उत्तम मानिन्छ ।

सात घण्टा निदाउनु जरुरी
हो, सात घण्टा । तपाईलाई निद्राका लागि कम्तीमा पनि सात घण्टा आवश्यक छ । यदि तपाई अक्सर ६ घण्टाभन्दा कम निदाउनु हुन्छ भने तपाईमा मुटुृसँग सम्ँबन्धित रोग लाग्ने सम्भावना दुई गुना बढ्नेछ । जब तपाई कम सुत्नु हुन्छ तब यो शरीरको जैविक प्रक्रियामा अड्चन बन्छ । जसबाट तपाईको रक्तचापमा असर पर्दछ । त्यसैले सुत्नुस र कम्तीमा सात घण्टाको निदाउनुस् ।

दाँत सफा राखौं
शायद पहिलोपटक यो पढ्दा लाग्न सक्छ कि मुटुसँग दाँतको के सम्बन्ध रु तर वास्तविकता यही हो कि एउटा स्वस्थ मुटुको बाटो सफा दाँत भएर जाने गर्दछ । केही अध्ययनबाट यो स्पष्ट भइसकेको छ कि यदि तपाई दाँत र गिँजासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ भने तपाईलाई मुटुरोग लाग्ने सम्भावना पनि कयौ गुना बढ्ने गर्दछ । तपाईका सडेका दाँत र गिँजाको ब्याक्टेरिया लगातार रगतमा पुग्छ र रोग उत्पन्न गर्ने कारण बन्न जान्छ ।

राती ९ बजेपछि ग्याजेट्सलाई गर्नुस बाई
ग्याजेट्सले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको छ, यो समयका साथ भएको अध्ययनहरुबाट सावित भइसकेको छ । ग्याजेट्सको अधिक प्रयोगबाट मुटु रोगका साथै डायबिटिज र क्यान्सरजस्ता रोगको खतरा पनि रहन्छ । त्यसैले एउटा नियम बनाउनुस् । कोशिस गर्नुस् कि राति ९ बजेपछि ग्याजेट्सदेखि पूर्णरुपमा टाढै रहन सकियोस । यसको साटो संगीत सुन्नुस्, यतायता टहल्नुस, पुस्तक पढ्नुस् वा निकटमा रहेकाहरुसँग कुराकानी गर्नुस् ।

फिटनेशको फर्मूला
यदि मुटुरोगबाट टाढै रहनु छ भने शारीरिक ब्यायम गर्नुस् । त्यसका लागि तपाई योगा, डान्स, पौडी जेसुकै पनि चुन्न सक्नुहुन्छ । आवश्यक छ कि सातामा पाँच दिन दैनिक ३० मिनेट कसरत गरियोस् । विश्व स्वास्थ्य संगठनले पनि यति कसरत गर्न सुझाव दिने गरेको छ । १८ र ६४ वर्षबीच उमेर समूहका वयस्क यदि कठिन कसरत गर्दछन् भने तपाई अवधिलाई आधाभन्दा कम गर्नु सक्नुहुन्छ । अर्थात सातामा ७५ मिनेट वा हरेक दिन १५ मिनेट ब्यायम गर्दा मुटुका लागि लाभदायी मानिन्छ । एजेन्सी