योङ्ग ब्वाइज नेटवर्क म्याग्दीको आयोजनामा आइतबार बेनी अस्पताल म्याग्दीमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको शिध्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुलाई मौसम अनुकुल हुनेगरी विभिन्न प्रकारका फलफुलहरु वितरण गरिएको हो । अस्पतालको इन्डोर तथा आकस्मिक कक्षमा उपचाररत विभिन्न ३५ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको योङ्ग ब्वाइज नेटवर्कले जनाएको छ ।

फलफुल वितरण कार्यक्रममा बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपाने, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष दिपक पौडेल, सिविन नेपाल जिल्ला प्रमुख प्रेम सोङमेन, नेटवर्क अध्यक्ष थमप्रसाद आचार्य लगायतले फलफुल वितरण गरेका थिए । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यसहित सिविन नेपालको सहयोगमा नेटवर्क गठन गरिएको थियो । नेटवर्कले जिल्लामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।