बालबालिकाले खाना नखाए के गर्ने ?

हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी खुवाउन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ ।

यो एउटा घरको मात्र समस्या होइन । आज बालबालिका भएका हरेक घरमा यो समस्या पाइन्छ । प्रायः बालबालिकालाई घरमा पाकेको खानेकुराले आकर्षित नगर्ने गुनासो धेरै अभिभावकको छ ।

विद्यालय जाँदा टिफिनको रूपमा होस् या त विद्यालयबाट फर्केर घर आएपछि अथवा टीभी हेर्दा या त कुनै घुम्न गएको समयमा चाउचाउ, बिस्कुट, चिप्स र चकलेटमा रमाउने बालबालिकाको संख्या अधिक पाइन्छ ।

अस्वस्थकर एवं असन्तुलित खानेकुराले पार्ने असर

– पेट खराब हुने र पटकपटक बिरामी परिरहने गर्छन् ।
– दाँत छिटै कीराले खाने एवं मुख र गिजासम्बन्धी विभिन्न समस्या देखा पर्छन् ।
– राति मस्तसँग निदाउन सक्तैनन् । साथै राति ओछ्यानमा पिसाब गर्ने गर्छन् ।
– शरीरको तौल घट्ने अथवा शारीरिक रूपमा भद्दापन ९मोटाउने० आउने गर्छ ।
– एकाग्रता हराउँछ, स्मरणशक्ति कमजोर हुनुका साथै बौद्धिक क्षमतामा असर पुर्‍याउँछ ।
– शारीरिक एवं मानसिक रूपमा थकित महसुस गर्र्ने र चिडचिडापना बढ्दै जान्छ ।
– बालवृद्धि र विकासलाई नकारात्मक प्रभाव पार्छ ।
– आमा र छोराछोरीबीचको आत्मीयतामा कमी ल्याउँछ ।
बालबालिकाले घरको खाना खान नमान्नुका कारण

– वास्तविक भोकको अनुभव गर्ने अवसर नपाउनाले । किनभने आफूखुसी चाहेको बेलामा भान्सा अथवा स्टोरबाट मन लागेको कुरा झिकेर खान पाउँछन् ।
– खाने समयको निश्चित तालिकाको अभावमा खाना खानलाई निश्चित समय तोकिएको पाइँदैन र आफूलाई मन लागेको बेलामा खाने सुविधा भएको कारणले पनि बिहानको खाजा, दिउँसोको खाना अथवा डिनरको परिपाटीलाई अवलम्बन गरेको पाइँदैन ।
– सधैंभरि एकनासको खाना खुवाउने गर्नाले ।
– बालबालिकाको मागअनुरूपको खाना बनाइदिने गर्नाले ।
– ससाना बालबालिकालाई आफैंले खाने अवसर र प्रोत्साहन नदिएर ठूलाले खुवाइदिने गर्नाले ।
– बालबालिकालाई घरको परिवारसँगै राखेर नखुवाउनाले । अधिकांश घरमा बालबालिकालाई पहिले नै खुवाएमा हल्का महसुस गर्ने गर्छन् ।
– के कस्ता खानेकुराले शारीरिक अथवा मानसिक विकासमा प्रभाव पार्छ भन्ने सम्बन्धी ज्ञान नभएका कारण मसला र टेस्टमेकर भएका खाना खाँदा भोकलाई मार्छ र खाना खान मन नलाग्ने समस्या बढ्दै जान्छ ।

खाना खान नमान्ने बालबालिकालाई कसरी सहयोग गर्ने ?
– बालबालिकालाई वास्तविक भोकको अनुभवबिना खानाप्रतिको रुचि र स्वाद नहुने भएकाले बजारका तयारी खाना दिनु हुँदैन ।
– जुन बेलामा जसलाई जे मन लाग्यो त्यही खाने आदतलाई निरुत्साहित गरी खाने एक निश्चित समयतालिका बनाएर त्यसलाई सबैले अवलम्बन गर्नुपर्छ ।

– खानाको स्वाद खानेकुरामा भन्दा बढी खाने तरिका र खाने समयको चहलपहल एवं खाने मनस्थितिमा निर्भर गर्छ । तसर्थ बालबालिकालाई पहिले नै खुवाएर काम सिध्याउने मनोवृत्तिलाई त्यागेर पारिवारिक जमघटसँगै बसेर एकसाथ खुवाउने गर्नुपर्छ । यसले खानाको महत्व र आवश्यकताका बारेमा महसुस गराउँछ ।

– सधैंभरि एकैनासको एउटै खाना खाने गर्नाले खाने इच्छालाई मार्न सक्छ । तसर्थ समयसमयमा एउटै खानेकुरालाई पनि विविध तरिकाबाट परिकार बनाएर खाने गर्नुपर्छ । यसले खानाको आकर्षण र स्वाद बढाउँछ ।

– बालविकासको क्रमसँगै उचित तरिकाले परिकार तयार पारेर खुवाउने गर्नुपर्छ । बढ्दै गरेका बालबालिकालाई सधैंजसो जाउलो, खिचडीमात्र खुवाउने गर्दा खानाप्रतिको रुचि हराएर जान्छ ।

– बालबालिकाले माग गरेअनुरूपको खाना बनाइदिने गर्नाले आफ्नो रुचिअनुरूपको खाना नभएको समयमा खाना बहिष्कार गर्ने गर्छन् । तसर्थ सधैंभरि उनीहरूको मागअनुरूप खाना बनाइदिनुभन्दा आफ्नो अनुकूलतालाई पनि बुझाउने गर्नुपर्छ ।

– बालबालिकाले माग गरेअनुरूपको खाना बनाइदिने गर्नाले आफ्नो रुचिअनुरूपको खाना नभएको समयमा खाना बहिष्कार गर्ने गर्छन् । तसर्थ सधैंभरि उनीहरूको मागअनुरूप खाना बनाइदिनुभन्दा आफ्नो अनुकूलतालाई पनि बुझाउने गर्नुपर्छ ।

– बालबालिकाको उमेर र मानसिक स्वास्थ्यअनुरूपको खाना खुवाउनका लागि कुन खानेकुरामा कस्तो पौष्टिक तत्व पाइन्छरत्यसले शरीरमा के कस्तो असर गर्छ भन्ने कुरालाई बुझ्ने गरी उदाहरण दिएर सम्झाउने गर्नुपर्छ । कुपोषणबाट हुने रोगहरूका बारेमा बुझाउने गरेमा अस्वस्थकर खानाप्रतिको रुचि विस्तारै हट्दै जान्छ ।

– सम्भव भएमा खाना पकाउने काममा बालबालिकालाई पनि संलग्न गरेमा खानाप्रति रुचि बढाउन सकिन्छ ।

– खाना खाने समयमा बालबालिकालाई खानाकै लागि मानसिक रूपमा तयार गराउनुपर्छ । खाना खाँदै टीभी हेर्ने, गृहकार्य गर्ने, खेल्दै खेल्दै खाने अथवा हिँड्दै डुल्दै कथा सुन्दै खानेजस्ता आदतलाई निरुत्साहित गर्नुपर्छ ।

– बालबालिकालाई एकैपटक धेरै खानेकुरा दिनु हुँदैन । साथै एकै ठाउँमा सबै खानेकुरा मिसाएर दिनु पनि हुँदैन । यसो गर्दा खाने रहरलाई मार्दछ । साथै खानाको विशेष स्वाद थाहा हुँदैन । खाना भोक मार्नका लागि मात्र नभएर स्वादका लागि पनि खाने गर्नुपर्छ ।

– बालबालिकालाई खाना दिँदा रोमाञ्चित बनाउने गर्नुपर्छ । यसका लागि फूल भएको जनावरको चित्र कोरिएको रंगीन प्लेटमा हालेर दिँदा रमाएर खाने गर्छन् ।

– अरू व्यक्तिले खुवाइदिनुभन्दा बालबालिकालाई आफैंले खानसक्ने भएपछि आफैं खाने अवसर दिनुपर्छ । पोखाएर खाए पनि आफैंले खाएकोमा प्रशंसा गरिदिनुपर्छ । यसले गर्दा गौरवको अनुभूति हुन्छ र खाना खाँदा झगडा गर्ने बानी हटेर जान्छ ।

– खाना खान नमान्ने समस्याबारे अरू व्यक्तिका अगाडि कुरा गर्न हुँदैन अथवा ‘मेरो बच्चाले खानै मान्दैनु भन्नुभन्दा कस्तो स्वाद लिएर खाने गर्छ भन्नुपर्छ ।

– नखाँदाको समयभन्दा खाँदाखेरिको समयलाई ध्यान दिनुपर्छ । जस्तै खाना राम्ररी खाँदाखेरि स्याबास, तिमीले आजको खाना कति मीठोसँग खायौ आदि भनेर प्रशंसा गरिदिनुपर्छ ।

– खाना खाँदा बालबालिकालाई खाना सँगसँगै धेरै पानी पिउन दिनु हुँदैन । खाना खाइसकेपछि मात्र पानी पिउन दिनुपर्छ ।

– परिवारका सबै सदस्यसँग बसेर खाँदा ठूला सदस्यहरू मात्र आपसमा वार्तालाप गर्ने तर बालबालिकालाई बेवास्ता गर्ने गर्दा बालबालिकालाई खानाप्रति नकारात्मक भावना जगाउँछ । उनीहरूसँग पनि कुरा गर्ने, उनीहरूको विचार सुन्ने र राम्रोसँग खाएकोमा खुसी व्यक्त गर्ने गर्नुपर्छ ।

– खाना खान पटक्कै नमान्ने र बाहिर बजारको खाना खान माग गर्ने जिद्दीवाल बालबालिकालाई कुनै पनि खाना नदिने चेतावनी दिनुपर्छ । चेतावनीले असर नगरेमा ‘जबसम्म भोक लाग्यो भन्दैनौं तबसम्म खाना पाउँदैनौुं भनेर खाना बन्द गरिदिनुपर्छ । भोक मानिसको मस्तिष्कसँग सम्बन्धित आवश्यकता भएको हुनाले भोकको अनुभूति भएपछि कुनै पनि प्रकारको खाना चुपचासँग खाने गर्छन् ।