एजेन्सी ।
आज दिउँसो भारतको अहमदाबादमा भएको भयानक विमान दुर्घटना, जसमा कोही पनि जीवित नभएको बताइरहँदा एक चमत्कारपूर्ण खबर आएको छ। स्थानिय प्रहरिले नै “कोही पनि जीवित छैन” भनि जारी वक्तव्यको केही घण्टा भित्र, अहमदाबाद प्रहरीले एक व्यक्ति दुर्घटनाबाट बाँच्न सफल भएको पुष्टि गरेको छ ।
सिट ११ A मा रहेका यात्रु हिँडिरहेको देखिएको थियो । उनको सेतो टी शर्ट र गाढा पाइन्टमा केही दाग थिएन। व्यापक रूपमा प्रसारित भिडियोमा, मानिस लङ्गडो जस्तो खुट्टा घाइते भएर हिँडिरहेको देखिन्छ, जसले खुट्टामा चोट लागेको संकेत गर्दछ। उनको लुगामा रगतको दाग र कालो धुवाँको दाग छ।
लन्डन जाने एयर इन्डिया एआई-१७१ उडान, जसमा चालक दलका सदस्यहरू सहित २४२ जना थिए, अहमदाबादमा उडान भरेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो।विमान लगभग ८२५ फिटको उचाइमा पुगेपछि अचानक खस्न थालेको थियो ।
अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनरमा मारिएका यात्रुहरूमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी पनि थिए।विमान बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गर्दा विमानस्थल नजिकैको नागरिक क्षेत्रमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाले जनाएको छ।
“अहमदाबादबाट दिउँसो १ बजे उडान भरेको बोइङ ७८७-८ विमानमा २४२ यात्रु र चालक दलका सदस्यहरू सवार थिए। यीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानेडियन नागरिक र ७ जना पोर्चुगिज नागरिक छन्,” एयर इन्डियाले X मा पोस्ट गरेको छ।
सिट चार्ट अनुसार, ६८ वर्षीय विजय रुपानी एयर इन्डियाको उडानको सिट २D मा थिए। उनी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए।
आरोहणको दुई मिनेटमै, दिउँसो १.४० बजेतिर, विमानले उचाइ गुमायो र मेघानी नगर क्षेत्रमा रहेको मेडिकल कलेज होस्टेल भवनमा ठोक्कियो, जसले गर्दा इलाकामा ठूलो आगो लाग्यो र व्यापक आतंक फैलियो।उद्धारकर्मीहरूले विमानको ब्ल्याक बक्स फेला परेको र दुर्घटनाको सही कारण पत्ता लगाउन महत्त्वपूर्ण हुने बताएका छन्।
भारतमा यसअघि अगस्ट २०२० मा, भारी वर्षाको समयमा कोझिकोडमा एयर इन्डिया एक्सप्रेस बोइङ ७३७ विमान धावनमार्गबाट चिप्लिएर जमिनमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका थिए ।मे २०१० मा, दुबईबाट आएको एयर इन्डिया बोइङ ७३७ उडान मङ्गलुरुको विमानस्थलमा धावनमार्गबाट बाहिर निस्कियो र खोल्सामा ठोक्कियो, जसमा १५८ जनाको मृत्यु भयो। Source:- japansamachar.com