गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा म्याग्दीले एथलेटिक्स तर्फ तीन स्वर्ण पदक जितेको छ । गोरखा सदरमुकाममा जारी प्रतियोगितामा ४ सय मिटरमा सविना विक, सटफुटमा मुना गबुर्जा मगर र ३ हजार मिटर दौडमा सोनिया खड्काले स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा कबडडीतर्फ छात्राछात्रमा विजय सुरुवात भएको छ भने भलिबलतर्फ छात्रछात्रा दुबै समुह बाहिरिएको छ । म्याग्दी मार्सल आट अन्तरगतका विधामा राम्रो सम्भावना रहेको छ । प्रतियोगिताको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।