यस्तो छ, गण्डकीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/ ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔं तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै, गण्डकी प्रदेशको पर्यटन विकास र प्रवद्र्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता, नसर्ने रोगको स्क्रिनिङ र उपचारको व्यवस्था, सिक्दै कमाउँदै, कमाउँदै रमाउँदै, ठूला अगुवा, आवासीय विद्यालय कार्यक्रमको प्रभावकारीता बढाउने लगायतका कार्यक्रम तय गरिएको छ ।

पढ्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठः