देशभर चट्याङसहित वर्षा, सतर्कता अपनाउन आग्रह

0
33

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। बाँकी क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली छ। बागमती प्रदेशका थोरै ठाउँमा र कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक-दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। एक-दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षासहित हिमपात हुन सक्छ। चट्याङसहित वर्षाको सम्भावनाले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। रासस