भेटियो हेली एभरेस्टको हेलिकप्टर

आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर धौलागिरि आधारशिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

हेली एभरेस्टका फुर्वा शेर्पाले १२ बजेर ४० मा धौलागिरि आधारशिविर आसपासमा हेलिकप्टर ठोकिएको अवस्थामा भेटिएको र पाइलट सकुशल रहेको बताए। पाइलटलाई अहिले काठमाडौं ल्याइएको उनले बताए।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर ११ मिनेट आसपासमा सम्पर्कविहीन भएको थियो ।