निजामति दिवसमा म्याग्दी अदालतका चारजना कर्मचारी सम्मानित

0
249

१७ औँ निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत म्याग्दीका चारजना कर्मचारी सम्मानित हुनुभएको छ ।

कोभिड– १९ जोखिमका कारण कार्यालय परिसरमा मनाइएको दिवसमा तहसीलदार धर्मराज सुवेदी, डिठ्ठा (खरिदार) अम्बिका शर्मा, अमिन (प्राविधिक) चन्द्र बहादुर घर्ती र कार्यालय सहयोगी नारायण दत्त शर्मालाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको छ ।

‘स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको दिवसमा सम्मानित हुने कर्मचारीलाई जिल्ला न्यायाधिश माधबेन्द्रराज रेग्मी, श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले सम्मान गर्नुभएको थियो।सोही अवसरमा कार्यालय परिसरमा सरसफाई गरिएको थियो।

जिल्ला न्यायधिश रेग्मीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर भौतीक दुरी कायम गदैं स्वास्थ्य मापदण्ड प्रयोग गरीसेवा प्रवाह गर्नुपर्ने बतायनुभयो । यसैबीच जिल्लाका विभिन्न सरकारी कार्यालय परिसरमा कर्मचारी बिच दिवस मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जवाफदेहिता जस्ता आधारभूत पक्षलाई आत्मसात् गदैं सेवा प्रवाह गर्नु निजामति कर्मचारीको जिम्मेबारी भएको बताउनुभएको थियो ।

कोभिड– १९ को जोखिममा कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउने प्रजिअ अधिकारीको भनाई छ ।

निजामती सेवा ऐन जारी भएको दिनको सम्झानामा २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ । म्याग्दीमा निजामति कर्मचारी यूनियनले विगतमा विभिन्न कार्यक्रम गर्ने गरेपनि यसपटक कार्यालय भित्र नै दिवस मनाइएको जनाएको छ ।