पूर्व प्रधानमन्त्री दाहालद्धारा पर्यटकीय स्थल भुरुङ्ग-तातोपानी कुण्डमा स्नान

भुरुङ्ग– तातोपानी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार बिहान म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा स्नान गर्नुभएको छ ।

कालीगण्डकी किनारमा प्राकृतिक रुपमा ५० डिग्री सेल्सीयसमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेपछि प्रचण्डले ‘रिफ्रेस फिल’ गरेको प्रतिक्रिया दिनुभयो । माओवादी केन्द्रका महासचिव देव गुुरुङ, केन्द्रिय सचिव दिनानाथ शर्मा, गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारी, गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुुर जुग्जाली, हरिबहादुुर भण्डारी, प्रदेश सहसचिव टेकबहादुर बिक र सचिवालयको टोली सहित बिहान ५ः३० बजे कुण्डमा पुुगेका प्रचण्डले करिब ४५ मिनेट पोखरीमा बिताउनुभयो ।

जनतासँग माओवादी अभियान अन्तर्गत मुुस्ताङका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि प्रचण्ड मंगलबार साँझ पोखरा बेनी हुदै पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा आएर होटल नेचुरल स्पिरीङमा बास बस्नुभएको थियो । होटलका सञ्चालक राजुु हमालले प्रचण्डलाई नौमति बाजाले स्वागत गराउनुभएको थियो ।

तातोपानी कुुण्डका सञ्चालक अमृतमान शेरचन र लट्टेगिरीले तातोपानीको विशेषताको बारेमा जानकारी गराउनुभएको थियो। अध्यक्ष प्रचण्डले तातोपानी कुुण्ड स्नानका क्रममा वि.स. २०७६ मा दिवंगत श्रीमति सिता दाहालको उपचारका लागि बेनी नगरपालिका ४ मा रहेको अर्को तातोपानी कुण्डमा स्नानका लागि आएको स्मरण गर्नुभयो । तातोपानी कुण्ड स्नान गर्न आएका स्थानीय सर्वसाधारणहरुसँग उहाँले भलाकुुशारी पनि गर्नुभएको थियो । एकाबिहानै प्रचण्डलाई तातोपानी कुण्डमा भेटाउँदा अचम्म लागेको अन्नपूूर्ण गाउँपालिका–२ का टेकबहादुर बिकले बताउनुभयो ।

“प्रधानमन्त्री भइसकेका बिशिष्ट व्यक्तिलाई तातोपानी कुुण्डमा सामान्य हिसाबले भेट्न पाउँदा मलाई अनौठो लाग्यो,” उहाँले भन्नुभयो “बिशिष्ट व्यक्तिसँग भेट्दा र भलाकुुशारी गर्न पाउँदा खुुसी लाग्यो ।” प्रचण्डलाई माओवादीका वैकल्पिक केन्द्रिय सदस्य रेशम बहादुुुर जुग्जालीले अन्नपूूर्ण गाउँपालिका–६मा रहेको पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रको भ्रमणको निम्तो दिनुभयो । घोडेपानी पुनहिल भ्रमणका लागि गरेको निम्तो प्रचण्डले स्विकार गर्नुभएको जुग्जालीले बताउनुभयो ।

उहाँले दन्द्धकालमा घोडेपानी पुनहिल, भुुरुङ–तातोपानी–दोवा हुदै तत्कालीन माओवादीका नेता रामबहादुुर थापा (बादल) लगायतलाई पुुर्वबाट पश्चिम हिडाएको स्मरण गराउनुभयो । प्रचण्डले भारत र चिन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको भुरुङ्ग तातोपानी खण्डको अवलोकन गर्दैै निर्माणमा गति र पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

तातोपानी कुुण्ड देखि बास बसेको होटलमा पैदल हिडेर जाने क्रममा बाटोमा मुुस्ताङबाट फर्कदै गरेको रौतहटका सर्वसाधारणहरुले भेट । बाटोमा गाडी रोकेर उनिहरुले प्रचण्डसँग केही समय कुराकानी गरेका थिए । बेनी–जोमसोम सडक, अन्नपूूर्ण चक्रीय पदयात्रा र मुुस्ताङ भ्रमणमा जाने पाहुनाहरु भुरुङ्ग–तातोपानी कुुण्डमा स्नान गरेर थकान मेटाउने गर्छन ।

तातोपानीमा शरिर डुबाएर स्नान गर्दा शारिरिक स्फर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महशुस गर्छन् ।

बेनी–जोमसोम सडकको छेउमा तातोपानी संकलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान छ देखि साँझ आठ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु. ५० र बिदेशीलाई रु. एक सय ५० प्रवेशशूल्क तोकिएको छ । कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ रु. ६४ लाखमा मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ ।