अनेरास्ववियुको अध्यक्षमा उम्मेदवारी दिने प्रकाश पौडेलको घोषणा

प्रकाश पौडेलले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत हालका सचिव एवम् प्रवक्ता पौडेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘सर्वसम्मतिका लागि छलफल त भइनै हाल्छ । धेरैलाई कौतहलता लागेका कारणले मैले जानकारी मात्र गराएको हुँ,’ उनले भने । अनेरास्ववियुको जारी २४औं महाधिवेशनको बन्द शत्र काठमाडौंमा जारी छ । पौडेलसहित ५ सचिवले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरेका छन् । सचिवहरु प्रकाशसहित अञ्जना सिवाकोटी, आरती भट्टराई, डा. सुजन कडरिया र दीपक धामीले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरेका छन् ।