सत्तारूढ नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन जारी छ । नेतृत्वमा सर्वसम्मतिको प्रयास भए पनि अन्तिममा प्रकाश पौडेल र दीपक धामीको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । ३२ वर्ष उमेर हद नलाग्दा महासचिव वा सचिवमा चित्त बुझाउने परिस्थितिका नेताहरू अहिले अध्यक्षको दाबेदारीसहित मैदानमा छन ।
अध्यक्षमा सचिवहरू मध्येबाट प्रकाश पौडेल र दीपक धामीले सशस्त्र दाबी पेश गरेका छन भने केही पूर्व अध्यक्षको आडमा डा सुजन कडरियाले पनि दाबी पेश गरेका छन । उनले सहमति नभएको खण्डमा प्रकाश पौडेललाई साथ दिने सम्भावना रहेको छ । अनेरास्ववियुको अधिकांश पूर्व अध्यक्षहरू र वर्तमान अध्यक्ष र महसचिव दुबै प्रकाशको पक्षमा उभिएका छन । पार्टी नेतृत्वले उम्मेदवार नियुक्त नगरेका कारण स्वच्छ प्रतिस्पर्धा भए अनेरास्ववियुको आगामी नेतृत्वमा प्रकाशको सम्भावना बलियो देखिन्छ । महासचिवमा रोमसकुमार खतिवडा (आरके रोमस) र मदन भण्डारीको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । हामीले यहाँ अध्यक्षका दाबेदार प्रकाश पौडेलको संगठिन विगत कोट्याउने प्रयास गरेका छौँ ।
संगठनमा प्रकाशको सङघर्ष
स्कुले जीवनमा नै अखिलको जिल्ला कमिटीमा प्रबेश गरिसकेकोले पार्टीमा प्रकाशको परिचय बनिसकेको थियो । कलामा पनि पोख्त थिए प्रकाश त्यसैले २०६४ को निर्बाचनमा जिल्लाभर कलाकारको रुपमा उनले भूमिका खेलेर आफ्नो बलियो स्थान बनाए।
शब्द शब्दमा उर्जा देखिने प्रकाशका गीतहरुले बस्तिहरुका आवाज बोल्दथे र आवाजविहीनलाई पनि आवाज उठाउन प्रोत्साहन गर्दथे । कलिलो स्वरमा गाइएका क्रान्तीकारी शब्दहरुले बस्तिहरू नै भावुक हुन्थे र जुझारू मुठी उठथे । ११/१२ कक्षा अध्ययन गर्दैगर्दा प्रकाश अनेरास्ववियुको जिल्लास्तरको प्रभावशाली नेता बनिसकेका थिए । सङठनले दिएको जुनसुकै जिम्मेवारी फत्ते गर्ने बानिले उनलाई रकेट लिडरको रुपमा उभ्याइरहेको थियो । सङ्ठन विस्तार गर्न गाउँ पसेपछि उनी अनेरास्ववियुसँगै पार्टीमा पनि प्रभावकारी बन्दै गए
स्कुले जीवनमै हुँदा पोखरा महाधिवेशनमा पनि उनी प्रतिनिधि छनोट भएका थिए तर परीक्षका कारण उनले त्यस समयको महाधिवेशनमा भाग लिन पाएनन् । २०६६ सालमा जनकपुरमा भएको महाधिवेशनमा भने प्रकाश म्याग्दीबाट निर्वाचित भएरै प्रतिनिधि बनेर सहभागी भए । त्यसपछि सङ्ठनमा उनले थप कठोर समयको सामना गर्नुपर्यो।
म्याग्दी बहुमुखी क्याम्पसमा धेरै चर्चित आन्दोलनहरुको नेतृत्व प्रकाश पौडेलले गरेका छन । त्यसमध्ये बाहिरका ट्युसन इन्सिच्युट बन्द गरेर कलेजमा सुलभ दरमा कोचिङ्ग पढाउने आन्दोलनले चर्को रुप लिएको थियो । प्राध्यापकहरू कलेजमा थुनिने परिस्थिति बनेको अवस्थामा विद्यार्थीको माग र परिस्थिति अनुरुप क्याम्पस भित्रै सुलभ अतिरिक्त कक्षा संचालन गर्ने सम्झौतासंगै त्यो आन्दोलन अन्त्य भएको थियो । त्यसैको जगमा आजपनि म्याग्दी क्याम्पसमा सहज र सुलभ अतिरिक्त कक्षा सञ्चालन भैरहेको छ ।
१८ बर्षकै हुँदा उनले २०६९ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्षमा चहना राखेका प्रकाश गुटबन्दीको मारमा परेर कमिटीबाहिर बन्न पुगे । यद्यपी उनले अाफ्नो प्रयत्न जारी राखे र २०७१ सालमा २० वर्षको उमेरमा अनेरास्ववियु म्याग्दीको अध्यक्षमा निर्वाचित भए । उनले म्याग्दीको जिल्ला अध्यक्ष भएर काम गर्दा अनेरास्ववियुको देशभरका कमिटीहरूमा सर्वोत्कृष्ट बनाउँदै पुरस्कृत गराए ।
म्याग्दीको जनकल्याण मावि पुलाचौरबाट स्कुल कमिटी अध्यक्ष, म्याग्दी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र जिल्ला अध्यक्ष, अनेरास्ववियु केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश अध्यक्ष हुँदै २०७९ अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए प्रकाश । उनी संगठनको प्रवक्ता समेत हुन् ।
प्रकाश भन्छन् ‘तल्लो कमिटीदेखि निरन्तर क्रियाशिल छु, उमेरहदबारे पहिलोपटक २१ वर्षको उमेरमा नै कुरा उठाएको थिए, अर्को पटक २५ वर्षको हुँदा उठाएको हुँ र अहिलेसम्म उठाउदै आएको छु। म एजेण्डाम प्रस्ट छु ।’
जसले तत्कालीन धौलागिरीमा ओली समूहको जग हाले
प्रकाश पौडेलले तत्कालीन अवस्थामा अनेरास्ववियु भित्र धौलागिरी अञ्चलमा माधव नेपाल समूहको दबदबाको बीचमा केपी ओली समूहको जग हालेका थिए । उनले जनकुरमा महाधिवेशनदेखि यो अभियान प्रभावकारी बनाएका थिए । तत्कालीन धौलागिरीको बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा अनेरास्ववियुको संगठनमा ओली समूहको प्रभावकारिता बढाएका थिए । त्यसभेगमा अनेरास्ववियु बलियो बनाउन अगुवाइ गरेका प्रकाश म्याग्दी बहुमुखी क्याम्पसको २०६९ को स्ववियु सभापतिको उम्मेदवार थिए । तर ओली निकटको भएकै कारण उनी सचिवमा सीमित हुन पुगे । त्यस समय माधवकुमार नेपाल गुटको पेलानामा अनेरास्ववियु रहेको थियो ।
प्रकाशले म्याग्दीमा कालोबाजरीका विरूद्धमा अभियान चलाएर नागरिकलाई न्याय दिएका थिए । उनले कालोबजारीबिरूद्ध अभियान चलाउँदै दोषीहरूलाई प्रशासन मार्फत कारबाहीको दायरामा ल्याएका थिए । त्यसँगै उनले भ्रष्टाचारविरूद्धको अभियानलाई समेत सशस्त्र बनाएका थिए ।
प्रकाशले नै अहिलेको गण्डकी प्रदेशमा अनेरास्ववियुको स्वयंसेवी अभियानलाई उकासेका थिए । उनले स्वयंसेवी अभियान चलाउँदा नै म्याग्दीलाई उत्कृष्ट कमिटीको पुरस्कृत गराएका थिए । प्रकाश तीनै विद्यार्थी नेता हुन जसले माधवकुमार नेपालहरूले २०७८ मा पार्टी विभाजन गरेको समयमा म्याग्दीका कतिपय जिल्लास्तरीय नेताहरू लुकेर बस्दा उनी गाउँगाउँमा पुगेर कार्यकर्ताको पलायन रोक्न काम गरेका थिए । तीनै प्रकाश अनेरास्ववियुको २४ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारको रूपमा प्रस्तुत भएका छन । Source: dainiki.com