सुनको भाउ आज एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ थियो ।