बाग्लुङको काठेखोलाका महिला बाख्रा उपहार पाएपछि खुशी

बाग्लुङको काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन प्रयास थालेको छ ।

गाउँघरका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्ने उद्देश्यले बाख्रा उपहार कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका र हेफर संस्थाको सहकार्यमा दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरूले आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

तीन सय ६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकामा अहिलेसम्म दुई सय ४० वटा वितरण गरिएको छ । गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ ।

बाख्रा उपहार पाएपछि महिला खुशी भएका छन् । स्थानीय सीमादेवी थापाले बाख्रापालनले जीविकोपार्जनमा सहज भएको बताउनुभयो ।