म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपाल बानियाँले विद्यालयलाई पोशाक र स्टेशनरी सहयोग गर्नुभएको छ । पुलाचौरको उपल्लाचौरमा सञ्चालित बसन्त आधारभूत विद्यालयमा बिहीबार उहाँले २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकअन्तर्गत ट्र¥याकसुट र स्टेशनरीस्वरुप कापीकलम सहयोग गर्नुभएको हो ।
समाजसेवी बानियाँले आफ्नो व्यक्तिगत पहलमा नगद ४० हजार रुपैयाँ बराबरको पोशाक र स्टेशनरी सहयोग गर्नुभएको थियो । १८औं गणतन्त्र दिवसको अवसर पारेर विद्यालयमा छात्रवृत्ति वितरण, अभिभावक अन्तत्र्रिmया एवं सहयोगी व्यक्तित्वलाई सम्मान गर्नुका साथै विद्यार्थीलाई उक्त सामग्री सहयोग गरिएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत विभिन्न २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अन्तर्गत एकएक सेट ट्र¥याकसुट र स्टेशनरीस्वरुप कापीकलम वितरण गरिएको विद्यालयले जनाएको छ ।
जनकल्याण मावि पुलाचौरको निवर्तमान अध्यक्ष समेत रहनुभएका बानियाँले व्यक्तिगत पहलमा पोशाक र स्टेशनरी सहयोग गर्नुभएको थियो । विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी सहयोग हस्तान्तरण गर्दै समाजसेवी बानियाँले काठमाडौं बसाई भए पनि आफ्नो गाउँ ठाउँमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको बताउनुभयो । आफ्नो गाउँको विद्यालय र विद्यार्थीहरुलाई सानो भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी लागेको सुनाउँदै उहाँले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
जनकल्याण मावि पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले आधारभूत तह विद्यार्थीहरुको जग भएकाले शिक्षकहरुले पढाइलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दलित संघका अध्यक्ष नरबहादुर विक, स्थानीय युवा बलबहादुर परियारले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयको तर्फबाट लक्षित समूहका विद्यार्थीलाई प्रतिव्यक्ति चारसय र अन्यलाई दुईसय रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको विद्यालयका प्रअ खेमराज शर्माले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दप्रसाद शर्मा पौडेलको अध्यक्षता, विद्यालयका शिक्षकद्वय टंकनाथ शर्माको स्वागत र भगवती रेग्मी पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले कवितावाचनसहित नृत्य प्रस्तुत गरेका थिए । बसन्त आधारभूत विद्यालय वि.सं. २०४९ सालमा स्थापना भएको थियो ।