म्याग्दी जेसीज र नेपाल पत्रकार महासंघ बिच मैत्रीपूर्ण फुटसल

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आबद्ध पत्रकारहरुबिच भएको मैत्रिपूर्ण फुटसलमा ७÷७ गोलको बराबरी भएको थियो ।प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दी जेसीजका पूर्व अध्यक्ष क्लबका अध्यक्ष एवं बेनी नगरपालिका– ८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले मैत्रीपूर्ण प्रतियोगिताले जेसीज र पत्रकारहरुबिचको सम्वन्ध सुमधुर बनाउने बताउनुभयो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पत्रकारले पेशागत गतिविधिसँगै विभिन्न संघसंस्थासँष् मिलेर खेलकुद सहित रचनात्मक कार्यहरुमा समेत सघाउने बताउनुभयो । फुटसलको अवसरमा अध्यक्षता म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्री, स्वागत जेसीज सप्ताहका मुल संंयोजक सञ्जन श्रेष्ठ र सञ्चालन महासचिव देबेन्द्र घिमिरेले गर्नुभएको थियो ।