बैंकर्स संघ म्याग्दीको अध्यक्षमा सोकेन्द्र थापामगर

0
29

बैंक तथा वित्तिय संस्थाहरू छाता संस्था नेपाल बैंकर्स संघ म्याग्दीको अध्यक्षमा ग्लोबल आइएमई बैंक बेनी शाखाका प्रबन्धक सोकेन्द्र थापामगर चयन हुनुभएको छ ।

सदरुकाम बेनीबजारमा आयोजित विशेष साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा नारायण सापकोटा (सिद्धार्थ बैंक), द्धितिय उपाध्यक्ष सुदिप घिमिरे (मुक्तिनाथ विकास बैंक), सचिव आशिष पौडेल (कृषि विकास बैंक),कोषाध्यक्ष मुरारी रिजाल (प्राईम कमर्सियल बैंक), सह–सचिव मिलन कुमार श्रेष्ठ (कुमारी बैंक) रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा सुमित सुबेदी (सिटिजन्स बैंक), मानप्रसाद शर्मा (माछापुछ्रे बैंक), अजित बरुवाल (कामना डेभलपमेन्ट बैंक) रहेको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।

यसैबीच सोही अवसरमा पोखराको लेकसाईडमा सरुवा हुनुभएका निर्वतमान अध्यक्ष राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाका प्रबन्धक ढुंगानालाई बिदाई समेत गरिएको छ ।  प्रथम अधिवेशनबाट ढुंगानाको अध्यक्षतामा चयन भएको कार्यसमितिले विभिन्न कार्यक्रम गदैं आइरहेको थियो । नवनिर्वाचत अध्यक्ष थापामगरले बैंकिङ पहुँच विस्तार र वित्तीय साक्षरता अभिवृद्धिसँगै जिल्लामा हुने विभिन्न गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।