कालीगण्डकीमा बेपत्ता बालको शव फेला

0
28

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही शनिबार नदिमा डुबेर बेपत्ता भएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मल्लको शव सोमबार दिउँसो  १२ः३० बजे करीव १५ फिट गरिहाइबाट निकालेको हो । उहाँको खोजीकार्यका लागि नं. २४ कालिका गण कास्किबाट सोमबार बिहान चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।