१३ औं पुन्यतिथिमा शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग

0
22

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पुर्णगाउँस्थित राष्ट्रिय जन जागृति माविमा मनकुमारी स्मृति कोष स्थापना गरिएको छ। स्थानीय शिक्षाप्रेमी भुपु भारतीय सैनिक तेजबहादुर बुढाथोकीको धर्मपत्नी स्व. मनकुमारी बुढाथोकीको १३औ पुन्यतिथीको अवसरमा परिवारका सदस्यहरुले राष्ट्रिय जनजागृति माविमा २ लाख दुई हजार ७०७ रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ ।

अक्षय कोषका लागि स्वर्गीय मनकुमारीको परिवारबाट १ लाख ७ हजार ७०७ रुपैयाँ, माहिली छोरी हरिदेवी पुनबट ६५ हजार, जेठी छोरी विष्णुमायाँबाट १५ हजार, कान्छी छोरी नरदेबी राम्जालीबाट १५ हजार सहयोगमा कोष स्थापना भएको विब्यस अध्यक्ष गोविन्दप्रसाद सुबेदीले बताउनुभयो ।

सोही अवसरमा हरेराम कृतन समुह ४८ हजार १५ रुपैयाँ, जनआवाज माधारभुत विद्यालयलाई २५ हजार ५ रुपैयाँ, गुप्तेश्वर बाल आमाविलाई १० हजार ५ रुपैयाँ, भगवती आमा समुह २० हजार ५ रुपैयाँ, शिवालय आमा समूह १० हजार ५ रुपैयाँ, गुप्तेश्वर आमा समुह १० हजार ५ रुपैयाँ, लाल यूवा क्लव १० हजार ५ रुपैयाँ, बुढाथोकी कुल मन्दिर १५ हजार ५ रुपैयाँ सहयोग गरिएको बुढाथोकी परिवारले जनाएका छन् । गाउँका शैक्षिक तथा विभिन्न सामाजिक संघसंस्थामा गरिएको सहयोगलाई संस्थागत अभियानमा खर्च गरिने छ ।