अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ ।अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका, वडा नं. २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत एक सय ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
उक्त कार्यक्रममा अनेरास्ववियु म्याग्दी पुर्व अध्यक्ष एवम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, एमाले जिल्ला कमिटी म्याग्दी सचिव थमसरा पुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम विद्यार्थी इन्चार्ज सुवास विश्वकर्मा, जिल्ला कमिटी सदस्य बलबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।
म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी कोषाध्यक्ष अस्मिता भण्डारी, स्वतन्त्र विद्यार्थी युनियन मंगला शिक्षा क्याम्पस कोषाध्यक्ष मन्जिना बुढाथोकी लगयातको उपस्थिति रहेको अनेरास्ववियु म्याग्दीका अध्यक्ष खुमबहादुर किसानले जानकारी दिनुभयो ।विद्यार्थीको हकहितसँगै विपद् तथा सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा समेत निरन्तर सक्रिय हुने अध्यक्ष किसानको भनाई छ । म्याग्दी जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीसँग थप रचनात्मक कार्यहरुमार्फत जोडिने अनेरास्ववियुले जनाएको छ ।