पुम्दीभुम्दीको शान्ति स्तुपमा बस दुर्घटना, ६ जना गम्भिर घाइते

0
17

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्ति स्तुपमा बस दुर्घटनामा परेकाे छ । बुधबार दिउँसाे स्तुप नजिकै पाेखरा नगर बस दुर्घटनामा परेको प्रहरीले बताएकाे छ । दुर्घटनामा ६ जना गम्भिर घाइते भएका छन् ।

ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भिर घाइते र अन्य १९ जना घाइते भएका छन् । बसमा करिब २५ यात्रु रहेकाे अनुमान गरिएकाे छ । बस सडकबाट तल खसेको जिप्रका कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि पोखराबाट एम्बुलेन्सहरु पठाइएकाे छ ।