मुस्ताङका क्रियाशील सुन्दरकुमार थकाली सम्मानीत भएका छन् । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा निश्पक्ष तथा तटस्थ भूमिकामा रही निरन्तर खोजपत्रकारिता मार्फत घरपझोङ गाउँपालिकासहित समग्र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयले बिहिबार आयोजित पन्ध्रौ गाउँसभा अधिवेशनमा उनलाई .दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
मुस्ताङ जिल्लाको सुशासन, समृद्धि र विकासका लागि विगत एक दशक अघिदेखि पत्रकारितामा कलम चलाउँदै आईरहेका मुस्ताङका पत्रकार थकालीलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । २०७० सालदेखि हिमाली जिल्ला मुस्ताङको कठिन भूगोलमा रहेर निरन्तर पत्रकारिता सक्रिय छन् थकाली ।
पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रिका सुरु गरेका पत्रकार थकाली हाल समाधान राष्ट्रिय दैनिक (पोखरा), अन्नपूर्ण पोस्ट र रासस समाचार एजेन्सीमा कार्यरत छन् । यसअघि उनले आदर्श समाज, राजधानी दैनिक र ईमेज टेलिभिजनमा समेत जिल्ला सम्वादाताको रुपमा कार्यसम्पादन गरिसकेका छन् । यसैगरी घरपझोङ गाउँपालिकाले शिक्षाक्षेत्रमा लामो समयसम्म योगदान पु¥याएका एक व्यक्तिलाई पनि सोही गाउँसभा अधिवेशनमा सम्मान गरेको छ ।
मुस्ताङको घरपझोङ—४ जोमसोम निवासी शिक्षाप्रेमी जयन्द्रलाल थकालीलाई घरपझोङ गाउँपालिकाले पन्ध्रौ अधिवेशन समारोहमा सम्मान गरेको हो ।
शिक्षाप्रेमी थकालीले २०२७ सालदेखि शिक्षण पेशा र त्यसपछि ३ दशक बढी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयको समग्र भौतिक तथा शैक्षिक विकासमा योगदान पु¥याएका छन् । उनको योगदानको कदर गर्दै घरपझोङ गाउँपालिका कार्यालयले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।
शिक्षाप्रेमी थकालीले आफ्नो कार्यकालमा जोमसोममा अवस्थित जनहित माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा अघि बढाएका थिए ।
यस्तै शिक्षाप्रेमी थकाली त्रिभुवन विश्व विद्यालयबाट सम्वन्ध लिएर सामुदायिक तेजनिरला क्याम्पस स्थापना गर्न भूमिका खेलेका थिए । जनहित विद्यालयमा कक्षा १२ सम्मको शैक्षिक पठन÷पाठनका अलावा विद्यालयमा सिभिल ईन्जिनीयरिङ कक्षा समेत सञ्चालन गरेका थिए ।
घरपझोङ गाउँपालिका कार्यालयले पन्ध्रौ गाउँसभा अधिवेशनका क्रममा गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) तयार गर्ने व्यक्तिलाई पनि गदर पुरस्कारसहित सम्मान गरिएको छ ।
घरपझोङ—५ ठिनीका स्थानीय युवा निरज थकालीले गाउँपालिकाको लोगो तयार गरेको भन्दै उनलाई नगद २० हजार रुपैया पुरस्कारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । थकालीले गाउँपालिकाको विशेषताहरु भल्किने गरी लोगो तयार पारेका थिए ।