म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोलाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । काठमाण्डौ एयरपोर्ट नजिक पेप्सीकोला बस्ने ५८ बर्षिय खडक बहादुर पुन फागुन २३ गतेदेखि पेप्सीकोला टिभी टुडे आसपासका क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।
हल्का सेतो र निलो रंगको ज्याकेट सेतो रंगको प्यान्ट र प्रेसर चप्पल लगाएको गहुँगोरो ५۔२ उचाई मानसिक समस्या भएका पुन विहान १० बजेदेखि सम्पर्कविहिन भएको छोरी नैना पुन मगरले बताइन् । ‘खोजीकार्य भइरहेको छ, कसैले भेटेमा सम्पर्क गरिदिनुहोला’ छोरी नैनाले भन्नुभयो । बेपत्ता भएका खडकबहादुरको खोजीकार्यका लागि काठमाण्डौमा रहेका चिमखोलाबासी तथा म्याग्देलीलाई समेत अनुरोध गरिएको छ ।
बेपत्ता भएको दिनदेखि नै खोजीकार्य जारी राखे पनि फेला पार्न नसकिएपछि परिवारले प्रहरी कार्यालयमा जानकारी समेत गराएका छन् । उनलाई देख्ने वा फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकी वा फोन नं ९८४११९०७९६÷९८४९१७५०६३ मा सम्पर्क गरिदिन हुन आफन्तले अनुरोध गरेका छन् ।