पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा शनिवार जातीय–धार्मिक र लैङ्गिक–वर्गीय सचेतना सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । शुन्य भेदभाव दिवसको अवसर पारेर नेपाल दलित संघ जलजला गाउँपालिकाको आयोजनामा सचेतनामूलक अन्तत्र्रिmया गरी दिवस मनाइएको हो ।

कार्यक्रममा सामाजिक अभियन्ता एवं महिला अधिकारकर्मी जमुना आचार्य र नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिका उपसभापति निर्मला खत्रीले जातीय, लैङ्गिक, वर्गीय, धार्मिक अधिकार, महिला सशक्तिकरण र जातीय विभेद अन्यलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जातीय विभेद अन्त्यका लागि भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्ने सवालमा अन्तत्र्रिmया र छलफल समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मानव समुदाय कसैले पनि कसैलाई जातीय, लैङ्गिक र वर्गीय अधिकारको नाममा विभेद गर्न नहुने बताउँदै गाउँपालिकाले यस्ता कार्यविरुद्ध आवश्यक कदम चाल्ने बताउनुभयो । उहाँले राज्यले ल्याएको समावेशी, समानुपातिक व्यवस्थाको नीतिलाई अबलम्बन गरी पछाडि पारिएको समुदायको सहभागितालाई अर्थपूर्ण बनाउन, चेतना र शिक्षाको विकासको माध्यमबाट विभेदलाई अन्त्य गर्न सकिनेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सदस्य लक्ष्मी हमाल आचार्यको विशेष उपस्थिति रहेको कार्यक्रम नेपाल दलित संघ जलजलाका अध्यक्ष बुद्धि परियारको अध्यक्षता, सहसचिव मिना परियारको स्वागत र सदस्य रेनु दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो । सबै प्रकारका भेदभाव अन्त्य गर्न तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष मार्च १ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

Leave a Reply