बागलुङ नगरपालिका-४,उपल्लाचौरस्थित उप-गौरी महिला दिदीबिहिनी समुहकी अध्यक्ष हेमा खड्काले नियमित हारर्मोनियम बजाउनुहुन्छ । भजनकीर्तन लोप हुन थालेपछि भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले गत बर्षको बैशाखमा स्थापना भएको समुहको अध्यक्ष खड्काले हारर्मोनियम बजाउन थाल्नुभएको हो।

समुहकी अध्यक्ष खड्काजस्तै उपाध्यक्ष सावित्री अर्याल र सचिव उजेली खत्री मादल र बरिष्ठ सल्लाहकार मनिता लामिछाने खैंचडीको धुन भजनमा मिसाउनुहुन्छ ।

समूहको भजनमा भगवाको नाम जप्दै भजनको तालमा नाच्ने र गाउनेको कमी हुदैन। समुहमा आवद्ध रहनुभएका १२ जना महिलाको हातमा विभिन्न बाजाको सिप छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रमा रहेका धार्मिकस्थलका साथै ब्रतबन्ध, पूजाआजालगायत अन्य चाडपर्वमा समेत पुगेर भजनकीर्तनमा सहभागि हुनुहुन्छ।

नेपाली लोपोन्मुख भजनका टुक्का सहित बाजाका धुन सुनाइरहने महिला समुहलाई भ्याइनभ्याई छ । घरायसी काममा मात्रै सीमित महिलाहरू अहिले भजन समुहमा आवद्ध भएर धार्मिक संस्कृतिको जर्गेना गर्ने अभियानमा जुटेको समुहकी अध्यक्ष खड्काले बताउनुभयो । ‘परम्परागत लोक भजनलाई लोप हुन थालेको छ, हामीले मौलिकतालाई जीवन्त जोगाइराख्ने प्रयास गरेका छौ’अध्यक्ष खड्काले भन्नुभयो ।

भजनकीर्तन पुरूषले मात्रै बजाउनुपर्छ भन्ने परम्परागत मान्यतालाई टोड्न सफल भएको बताउँदै अध्यक्ष खड्काले धर्म,संस्कृतिको संरक्षणसँगैनयाँ पुस्तालाई समेत समुहमा आवद्ध गरी भजन संस्कृतिबारे अवगत गराइएको बताउनुभयो । बागलुङ कालिका मन्दिरमा नियमित तथा म्याग्दीको गलेश्वरधाम लगायतका प्रसिद्ध धार्मिकस्थलमा पर्वको अवसरमा आउने गरेको समुहकी सचिव खत्रीले बताउनुभयो।

‘बागलुङका विभिन्न टोलका महिलाहरू यहाँ आवद्ध हुनुहुन्छ, हामीले सिक्न चाहनेलाई पनि बाजा बजाउन सिकाउँछौ’सचिव खत्रीले भन्नुभयो । समूहले भजनकिर्तनबाट संकलन गरेको आर्थिकबाट समुहकै आवश्यकता अनुसार खर्च गर्ने गरेको छ । हिन्दू समुदायमा लोकभजन कीर्तन निकै लोकप्रिय मानिने भएकाले विभिन्न धुनहरू सिक्ने गरिएको समुहले जनाएको छ।

आरती बाचक रमेश खड्काले लोकभजन, संस्कृतिलाई जोगाउन महिला समुहले लोभलाग्दो प्रयास गरेको बताउनुभयो । उहाँले भजनर्कितनलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन हार्मोनियम र तबलावादन लगायतका संगीत साधनमा प्रशिक्षण समेत दिइएको बताउनुभयो । यता गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले साउनेका सोमबार, बालाचर्तुदर्शी, शिवरात्री लगायतका पर्वहरूमा महिला समुहलाई स्वागत गर्ने गरिएको बताउनुभयो ।

Leave a Reply