म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक मावि माध्यमिक शिक्षा परीक्षा (एसइइ) लक्षित माविस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । बेनी सामुदायिक जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा द्वितीय न्यु वेष्ट प्वाइन्ट आवासीय मावि, तृतीय रघुगङगा मावि पिप्ले र सान्त्वना प्रकाश मावि भएको छ ।

प्रतियोगिताका विजेतालाई क्रमश १० हजार,६ हजार,४ हजार र २ हजार नगद, ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा ५ वटा अनिवार्य विषय, सामान्य ज्ञान तथा एसइइमा सहज हुने विभिन्न समसामायिक विषयबस्तुलाई समावेश गरिएको विद्यालयका मावि शिक्षक सचिन शाक्यले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्षमतालाई सघाउने भएकाले उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ,बेनी नगरपालिका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, विब्यस जेष्ठ सदस्य लोकनाथ रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण आचार्य लगायतको उपस्थिती रहेको थियो ।

हाजिरीजवाफ प्रतियोगिता संंयोजक मदन सुबेदीले सहजिकरण गर्नुभएको थियो । बेनी सामुदायिक यूरेस सभापति नेहिका सुबेदीको सभापतित्व, विद्यालयका प्रअ एवक् यूरेस संरक्षक दिपक श्रेष्ठको स्वागत मन्तब्य र सचिव अभिवेश पौडेलको सञ्चालन गर्नुभएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

 

Leave a Reply