नेपाल तरुण दल म्याग्दीको आयोजनामा दरबाङमा सम्पन्न प्रथम तरुण कप भलिबल प्रतियोगिताको उपाधि मंगला गाउँपालिका-५, अर्मनले हात पारेको छ ।
नेपाली कांग्रेसको भातृ संस्था तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगितामा बेस्ट अफ फाइभमा खेलाइएकोमा मंंगला-२, बावियाचौरलाई १–३ सेटले जितेको हो । प्रतियोगिताको बिजेता र उपविजेताले क्रमश नगद एक लाख ११ हजार एक ११ र द्धितीयले ६६ हजार छ सय ६६ नगदसहित ट्रफी, प्रमाणपत्र, मेडल पाएको तरुण दलका जिल्ला सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।
बिजेतालाई नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, महाधिवेशन प्रतिनिधि बलभद्र ढकाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा प्रदेश निर्वाचन क्षेत्र ख मा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाको वडा स्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका छन् ।यसैबीच फागुन १४ गतेदेखि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिने छ ।
महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताका लागि १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने अध्यक्ष रोकाको भनाई छ ।