उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल घोडेपानी, पुनहिल खोप्रा, लगाएतका क्षेत्रमा वर्षासँगैे हिमपात भएको छ। समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरमा अवस्थित घोडेपानी,पुनहिल जंगल र वस्तीहरुमा सेताम्यै हिउँले ढाकेको घोडेपानी होटल ब्यवसायी समितिकी अध्यक्ष मिना पुनले जानकारी दिनुभयो ।
यस सिजनमा हिउँमा रमाउने पर्यटक निरास भएर फर्किएको अवस्थामा बिहिबार सामान्य हिमपातले केही राहत महसुस गरेका थिए । घोडेपानी, पुनहिल र खोप्रा आसपासका क्षेत्रमा जमिन र रुख बोट विरुवाहरू सामान्य हिउँले सेताम्यै भएका छन् । घरका छत र छानाभरी हिउँ छ । यसपाली पुस, माघ महिनामा समेत हिमपात नभएको अवस्थामा फागुन महिनामा हिमपात भएको छ ।
म्याग्दीको तल्लो क्षेत्रमा हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् । खेतीपाती पानी नभएका कारण सुक्न थालेका कारण किसान चिन्तित बनेका छन्। तल्लो क्षेत्रमा बर्षा र माथिल्लो हिमाली क्षेत्रको खेतीपातीका लागि पर्याप्त मात्रमा पुग्ने गरी हिमपात नभएको बताउँछन् ।