एनआरएनए, नोर्डिक क्षेत्रको बैठक डेनमार्कको राजधानीकोपेनहेगनमा सम्पन्न भयो। बैठकको समुद्घाटन प्रमुख अतिथिको डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरबाट भएको थियो । नेपाल मानव अधिकार आयोगका पूर्व प्रवक्ता गौरी प्रधान, यूरोप क्षेत्रका डिआरसि राजु अर्यालने शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रममा नर्डिक क्षेत्रका डेनमारक्, नर्वे, स्विडेन र फिनल्याण्डका एनआरएन प्रतिनिधिहरुबाट नवनियुक्त राजदूतलाई स्वागत तथा सम्मान गरिएको थियो ।
उक्त बैठकमा गैर आवासीय नेपाली संघ एनसिसि डेनमार्कका पूर्व अध्यक्ष दिपक सापकोटाको संयोजकत्वमा नोर्डिक क्षेत्रबाट गैरआवासीय नेपालीहरुको तर्फबाट सामुहिक लगानीको पहल प्रयासको क्रममा एक वर्ष भित्र विशेष भेला सम्पन्न गर्न तयरी समिति गठन भएको छ । समितका सदस्यहरुमा डेनमार्कबाट कमलराज शर्मा , शैलेन्द् अधिकारी, दिपेन्द्र चुडाल , कृष्ण पौडेल , शिव कार्की, राधाकृष्ण सापकोटा स्विडेनबाट राजकुमार पाठक, दिनेश कुमार श्रेष्ठ , विजय प्रधान नर्वेबाटनयन मल्ल , कुमार पण्डित , बिष्णु गौत, जितेन्द्र शाही पवित्र बस्नेत रहनु भएको छ ।
नर्डिक राष्ट्रहरुका महिला फोरमहरुलाई संयुक्त रुपमा कार्यक्रम ल्याउन तथा क्रियाशील गराउने उद्देश्यले प्रत्येक राष्ट्रका महिला संयोजकहरु रहने गरि तपशिल बमोजिमको नोर्डिक महिला फोरम गठन गर्ने निर्णय गरियो ! जसमा संयोजक – लक्ष्मी वेलवासे -डेनमार्क , सदस्यहरु – संजिता शर्मा – स्वीडेन, – श्रद्धा सिंह थापा – नर्वे , ईशिका अर्याल – डेनमार्क रहनु भएको छ। नर्डिक क्षेत्रका खेलकुद लगायतका अन्य गतिविधि संयुक्त रुपमा आयोजना र संपन्न गर्नको लागि प्रत्येक एनसिसिका यूवा संयोजकहरु रहने गरि तपशिल बमोजिमको यूवा फोरम गठन गर्ने निर्णय गरियो ।
संयोजक- विवेक केसी स्वीडेन सदस्य- एलेक्स पोखरेल- डेनमार्क , असिम लम्साल – नर्वे रहनु भएको छ । नर्डिक क्षेत्रमा ज्ञान तथा प्राज्ञिक गतिविध्हरु संचालन गर्न डेनमार्कका एलेक्स पोखरेलको संयोजकत्वमा प्रत्येक नर्डिक राष्ट्बाट प्रतिनिधिहरु सम्मिलित एक कमिटि गठन गरि कार्यक्रम ल्याउने निर्णय गरियो ।
उक्त बैठकले पारित गरेका अन्य विशेष प्रस्तावहरुमा -हालै नेपाल सरकार को एनआरएनए नागरिकलाई दिने भनिएको १० वर्षे भिषा व्यवस्था प्रति असहमति प्रकट गर्दै जन्मसिद्ध नागरिकको हकमा नागरिकताको निरन्तरताको लागि माग गर्ने निर्णय गरेको छ।
बर्तमान अवस्थामा देखिएको गैर आवासीय नेपाली संघ सबै पक्षका आईसिसिका विवाद र अवस्था प्रति सचेत हुदै नर्डिक एनसिसिहरु – “राष्ट्रको हित , एनआरएनएको हित तथा हाम्रो अधिकारको लागि उपयुक्त समयमा एकताको महाधिवेशनको पक्षमा उभिने निर्णयमा पूगेका छन् । साथै आगामी नर्डिक बैठक स्वीडेनमा हुने समझदारी भएको छ ।