७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनी नगरपालिका वडा नं ७, बिरेन्द्रचोकमा मनाइएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, बेनी नगरपालिकाका मेयर सुरत केसी, जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारणको उपस्थिती रहेको थियो ।

दिवसको निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुबेदीले सञ्चालन गर्नुभएको थियो । यसैबीच म्याग्दी जेसीजको आयोजनामा बेनी संगमचोकमा समेत दीप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाइएको छ । जिल्लाका स्थानीय तहले नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापनामा नागरिकको बलिदानलाई सम्झिएर दिवस मनाएका छन् ।

 

Leave a Reply