बेनी नगरपालिका-८,क्याम्पसचोकका सचिन श्रेष्ठले जापानको राजधानी टोकियोस्थित सिन ओकुबो सञ्चालन गरेको नाङ्घलो घर रेष्टुरेन्टमा परम्परागत हलोजुवा,ढिकीजाँतो सहित नेपालको संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी चित्रकला सहित आकर्षक सजावट छ ।
रेष्टुरेष्टभित्रको सबैतिरको भित्तामा सारंगी, बाजा, कलात्मक आँखीझ्याल, भैरव देवताका मुती,तामाका गाग्री, चर, कलश लगायतका भाडाकुडाका साथै नेपाली ग्रामिण रहनसहन देख्न सकिन्छ । रेष्टुरेन्टमा पुग्ने नेपाली बाहेक जापानिज तथा अन्य मुलुकका पर्यटकले समेत चासो देखाउने गरेका छन् ।= = ‘मैले नेपाली मौलिकतालाई झल्काउने प्रयास गरेको छु, विदेशीलाई हलोजुवा र अन्य नेपाली हस्तकला साम्रागीले आर्कषण गर्ने गरेको छ, नेपालीले पनि गाउँघरमा पुगेको अनुभव गर्छन’नाङ्घलो घरका सञ्चालक श्रेष्ठले भने । उनले रेष्टुरेन्टको नाम पनि नाङ्घलो राखिएको बताउँदै समुन्द्रपारी नेपाली जनजिवन,कला र संस्कृतिको प्रचारप्रसार गर्न सकिने अन्य विभिन्न गतिविधिमा समेत केन्द्रित रहेको बताए ।
जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले घरविदामा नेपाल जाँदा मौलिकता झल्किने साम्रागीहरू लिएर आउने गरेको बताए । नाङ्घलो घरको मेनुमा दाल, भात, गुन्द्रुकको अचारसहितको नेपाली मौलिक खानाको परिकारसहित खानाको स्वाद लिन पाइन्छ । नेपाली खानाका अतिरिक्त जापानी, भारतीय, थाइल्याण्ड र भियतनामका परिकार पनि पाइन्छ । मोना जापानका सल्लाहकार राम खड्काले नेपालको मौलिकता झल्किने सजावतले नेपालीलाई आनन्द महसुस हुने गरेको बताए ।
‘हरेक नेपालीले आफ्नो ब्यवसायमा नेपाली मौलिकतालाई प्रर्दशन गर्नुपर्छ, मैले पनि प्राथमिकता दिएको छु’ सल्लाहकार खड्काले भने । रेष्टुरेन्टमा फहराइएको नेपाली झण्डाले मुलुकको चिनारी र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याइरहेको पर्यटन ब्यवसायी समेत रहेका खड्काको भनाई छ ।
होटल, मार्ट, रेष्टुरेन्ट व्यवसायका माद्यमबाट नेपाली कला, संस्कृति, वेशभूषा, खानपान र भाषाको प्रवद्र्धनमा उलेख्य योगदान पुगेको नेपाल जापान ब्यापार संघका उपाध्यक्ष एवम् मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले बताए । जापानका विभिन्न सहरमा म्याग्देलीले होटल, रेष्टुरेन्ट, मार्ट सहित विभिन्न ब्यवसाय गरेका छन् ।