म्याग्दीमा नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन्। बुधबार नेकपाको पार्टी कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको बताइएको छ।
वि.स. २०५२ फागुन १ गते शसस्त्र युद्ध शुरु गरेको थियो । माओवादी घटक दलहरुले हरेक वर्ष फागुन १ गतेलाई छुट्टा÷छुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवसको रुपमा मनाउदै आएकोमा पछिल्लो समय समाजबादी मोर्चाका कारण पार्टी बिचको सम्बन्ध सुधारिएपछि संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागिएको हो ।
नेकपाका म्याग्दी–मुस्ताङ इञ्चार्ज धु्रब घिमिरे (राजन सि) र माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले बिचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्ने नीति अनुसार म्याग्दीमा माओवादी र नेकपाले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागेको बताउनुभयो ।
फागुन १ गते दिउँसो नेकपा माओवादी केन्द्रको महारानीथान स्थित पार्टी कार्यालयमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान, शहिदको तस्विरमा माल्र्यापण र साँझ बेनीको सहिद चोकमा दिप प्रज्वलन कार्यक्रम गरिने नेकपा म्याग्दीका सेक्रेटरी गोविन्द सिले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा दुबै पार्टीका जिल्लास्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।