CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

आम जनसमुदायलाई सचेत गराउने उद्देश्यले सबै जिल्ला सदरमुकाम तथा वन डढेलोको हिसाबले अति संवेदनशील समुदाय स्तरमा विविध कार्यक्रमसहित म्याग्दीमा फागुन १ देखि ७ फागुनसम्म एक हप्ता ‘वन डढेलो सचेतना सप्ताह’ गरिने भएको छ ।

देशब्यापी रुपमा सप्ताह मनाउने सरकारको घोषणा अन्तरगत म्याग्दीमा समेत वन डढेको हिसाबले जोखिमपूर्ण पहिचान भएको स्थानमा वन डिभिजन वन कार्यालय, स्थानीय तह र वन उपभोक्ता समूहको संलग्नतामा ‘अग्नि नियन्त्रण दस्ता’ गठन गरेर काम गर्न सकिने व्यवस्था गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याग्दीमा वन डढेको हिसाबले जोखिमपूर्ण पहिचान गरी नियमित काम गर्नेलाई प्रोत्साहन तथा कमीकमजोरी भएमा सचेत गराउनुपर्ने बताउनुभयो ।

वन डढेलोको ९६ प्रतिशत कारण मानवीय लापरवाही भएको पाइएको छ भने अहिले हिमपात र बर्षा समेत नभएकाले उच्च हिमाली क्षेत्रमा डढेलोको जोखिम अत्याधिक छ । मानवीय कारण नै डढेलोको मुख्य कारण रहेको तथ्यांकले देखाएको छ। नेपालमा करिब ९६ प्रतिशत डढेलो मानवीय हेलचेक्रयाइँबाट हुने गरेको छ ।

नेपालमा करिब ६५ प्रतिशत डढेलो चैत्र र वैशाख मध्यतिर लाग्ने गरेको छ। पछिल्ला दिनमा डढेलोका घटना वृद्धि भई मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधताको नास हुँदै गएको छ। जसले गर्दा वायु प्रदूषण समेत बढ्दै गएको छ ।

म्याग्दीका स्थानीय तह तथा वडास्तरमा समेत आगलागी नियन्त्रण गर्नका लागि आवश्यक पर्ने उपकरण र डढेलो नियन्त्रण सम्बन्धी ठोस कार्ययोजना बनाउन जरुरी रहेको छ ।

डढेलो नियन्त्रणका लागि समन्वय र सहजीकरण गर्न स्थानीय तहहरूले आवश्यक पहलका बारेमा समेत समन्वयमात्क बैठकमा जिल्लाका समयअनुसार हुने विभिन्न विपदका घटनाहरूमा गम्भीरता नदेखाउँदा अघिल्लो बर्ष आगलागीका घटना धेरै भएको बताउँदै यसपटक समयमै ध्यान दिनुपर्ने बेनी नगरपालिकाका मेयर सुरत केसीको भनाई थियो ।

म्याग्दीमा आगलागीका घटनादेखि हरेक विपद्का घटनालाई समाधान र त्यसको निराकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालयले समुदायस्तरमा सचेतनामुलक अभियान समेत सञ्चालन गरेको छ । भने आवश्यक स्रोत र साधनको उपलब्ध गराउन स्थानीय तह र सरोकारवाला निकायलाई आग्रह समेत गरेको छ ।

Leave a Reply