नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति म्याग्दीले संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत जिल्लाका विभिन्न शिक्षण संस्थाहरूमा नयाँ इकाई समितिहरू गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा अविसरा पुन मगर चयन हुनुभएको छ।
उपाध्यक्षमा अजय शेर्पुन्जा, सचिवमा अलिशा पुन मगर, सह–सचिवमा प्रमिसा पुन मगर, तथा कोषाध्यक्षमा अन्जिता पुन मगर चयन हुनुभएको छ । क्याम्पसको कक्षा ११ र १२ का विद्यार्थीहरूको प्रतिनिधित्व अध्यक्षमा अनिल पाईजा,उपाध्यक्ष सजिना राम्जाली मगर, सचिव करिश्मा रोका मगर, सह–सचिव नेत्र फगामी मगर,कोषाध्यक्ष ट्रिना पाईजा मगर चयन हुनुभएको छ।
यता बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयमा थजिन शेर्पुन्जा मगरको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन भएको छ। समितिको उपाध्यक्ष कृत्रिका थापा मगर, सचिव रोहित शेर्पुन्जा मगर, सह–सचिव सिजल चोचाङ्गी पुन मगर, तथा कोषाध्यक्ष कृति पुन मगर (सरस्वती) चयन हुनुभएको छ। यस इकाईले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा संलग्न गराउने तथा नेतृत्व विकासको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
सोही अभियान अन्तरगत माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा रविन रोका मगरको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरेको छ। उपाध्यक्ष युना थापा मगर र दिया पाईजा मगर, सह–सचिव हिकेन गर्बुजा मगर, अनिश थजाली मगर, कोषाध्यक्ष अन्जु गर्बुजा मगर चयन हुनुभएको छ। यसैगरी लिटल गार्डेन एकेडेमी आवासीय माध्यमिक विद्यालयमा प्रशान पुन मगरको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति गठन गरेको छ। उपाध्यक्ष सोफिया पुन, सचिव दिप्सन थजाली, सह–सचिब दिक्षा शेर्पुन्जा,कोषाध्यक्ष दिया गर्बुजा चयन हुनुभएको छ। नेपाल मगर विद्यार्थी संघ जिल्ला समन्वय समिति म्याग्दीले संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत विभिन्न शिक्षण संस्थाहरूमा नयाँ इकाई समितिहरू गठन गरेको जनाएको छ ।