मानव अधिकार तथा शान्ति समाज म्याग्दीले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सच्चाउन माग गदैं जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ध्यानार्कषण पत्र बुझाएको छ ।

समाजका सभापति हरिप्रसाद पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुबेदी, शाखा सचिव बिष्णु आचार्यले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई उक्त विधेयकका केही प्रावधान संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत दुरुपयोग हुन सक्ने खतरा रहेकोले संसोधनको माग गर्नुभएको छ ।

सूचना प्रविधि एवं सामाजिक सञ्जालको आवश्यकता, महत्व र उपयोगिता चुलिँदै गएको विश्वव्यापी सन्दर्भमा सोको प्रयोगलाई आम नागरिकको पहुँचमा पु¥याउन र सहज तुल्याउन प्रोत्साहन गर्नुको सट्टा यो विधेयकले निरुत्साहित तुल्याउने खतरा रहेको भन्दै समयसुहाउँदो विधेयक ल्याउन माग गरिएको शाखा अध्यक्ष पौडेलको भनाई छ । सोही अवसरमा ज्ञापनपत्र बुझद्ै प्रजिअ ढकालले सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

Leave a Reply