म्याग्दीका क्रियाशील पत्रकार प्रमोद शर्मा सम्मानित हुनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा, म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनको अवसरमा मङ्गलवार उहाँलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
प्रेस चौतारी नेपाल म्याग्दी शाखाद्वारा स्थापित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार शर्मालाई सम्मान गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले जनाएको छ । शर्मालाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । उहाँलाई प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले
म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र चौतारीका जिल्ला अध्यक्ष प्रताप बानियाँ लगायतले सम्मान प्रदान गर्नुभएको हो ।
वि.सं. २०६० सालबाट पोखराको हिमदुत साप्ताहिक पत्रिकादेखि पत्रकारिता सुरु गर्नुभएका शर्मा अहिले म्याग्दीको पहिलो दैनिक रुप्से पत्रिकाको सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । पत्रकारिताको माध्यमबाट समग्र जिल्लाको विकास निर्माण, आर्थिक–सामाजिक रुपान्तरण, परिवर्तन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन, जलविद्युत, कला, साहित्यलगायत क्षेत्रको विकासमा पु¥याएको महत्वपूर्ण योगदानको कदरस्वरुप सम्मान गरिएको प्रेस चौतारी म्याग्दीका अध्यक्ष बानियाँले बताउनुभयो ।
म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गे निवासी पत्रकार शर्मा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको निवर्तमान सहसचिव समेत रहनुभएको थियो । म्याग्दीको सदरमुकाम बेनीमा रहेर विगत लामो समयदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशील शर्माले स्थानीय रुप्से दैनिक पत्रिकामा सम्पादक रहनुका साथै जिल्लाबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुको सम्पादन गर्दै आइरहनुभएको छ ।
म्याग्दीका क्रियाशील पत्रकार प्रमोद शर्मा सम्मानित हुनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा, म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनको अवसरमा मङ्गलवार उहाँलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
प्रेस चौतारी नेपाल म्याग्दी शाखाद्वारा स्थापित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार शर्मालाई सम्मान गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले जनाएको छ । शर्मालाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । उहाँलाई प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र चौतारीका जिल्ला अध्यक्ष प्रताप बानियाँ लगायतले सम्मान प्रदान गर्नुभएको हो ।