म्याग्दीको बेनी स्थित बेनी बोर्डिंग सेकेण्डरी स्कुल आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएको छ ।  युवा रेडक्रस सर्कल  न्यु वेष्ट पोइन्ट आवासीय माविले आयोजना गरेको  प्रतियोगितामा बेनी बोर्डिंग सेकेण्डरी स्कुलका अनुष श्रीपाली प्रथम, न्यु वेष्ट  पोइन्ट आवासीय माविका सुहना लामिछाने दोश्रो र लिटल गार्डेन एकेडेमीका अंकित शाही तेश्रो र वेष्ट पोइन्टका निर्वाण श्रेष्ठ सान्त्वना भएका हुन् ।

प्रतियोगितामा प्रथम दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमश: नगद ३ हजार, २ हजार , १ हजार र ५ सय नगद सहित प्रमाण पत्र र गिफ्ट ह्याम्पर  प्राप्त गरेका  छन् । युरेस वेष्ट पोइन्टले माघ १८ गते आयोजना गरेको चित्रकला प्रतियोगितामा ६ वटा विद्यालयका ११ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।  बिजेतालाई श्रीपंचमी(सरस्वती पुजा) को अवसरमा विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयका प्रिन्सिपल डीबी दाहाल र युरेस शिक्षक नायक सुदिप श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

युरेस वेष्ट पोइन्टले हरेक वर्ष हाजिरीजवाफ, चित्रकला प्रतियोगिता जस्ता प्रतियोगितात्मक कार्यक्रम र समाजिक्कर्यमा सक्रिय कार्य गर्दै  आइरहेको शिक्षक नायक सुदिप श्रेष्ठले बताउनुभयो। केहि दिन पछिनै SEE परीक्षालाई केन्द्रित गरेर युरेसले अन्तर मावि विषयगत हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयले जनाएको छ  ।

Leave a Reply