म्याग्दी घर बताउने अन्दाजी ५५ बर्षका चैते नेपाली तनहुँको बन्दीपुरमा बिरामी अवस्थामा भेटिएका छन् । करिब १५ दिनदेखि बन्दीपुरमा देखिएका नेपालीको अहिले बन्दीपुर–२ खहरे स्थित बलबहादुर नेपालीको घरमा राखेर संरक्षण गरिएको छ । कान नसुन्ने,स्पष्ट बोल्न नसक्नुका साथै एक खुट्टा र एक हात समेत नचल्ने अवस्थामा रहेको नेकपा माओवादी केन्द्रका नेता एवं स्थानीय रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयबासीले सामान्य उपचार,खाना र बस्न सहयोग गर्दै आएका छन् । निजको राम्रो अस्पतालमा लगेर उपचार गर्नुपर्ने देखिएकाले उपचारका लागि आर्थिक सहयोग र उद्वार गरिदिन स्थानीयबासीले सबैमा आग्रह गरेका छन् ।
Home समाचार राष्ट्रिय समाचार म्याग्दीका चैते नेपाली बन्दीपुरमा बिरामी अवस्थामा भेटिए : उपचार र उद्वार गरिदिन...