म्याग्दीको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित जिल्लामा संचालनमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले आईतबार बिहान उनीहरुलाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रमुख थापा सहित रघुगंगा गाउाँपालिका ५ झिँका मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थमबहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापा र पर्वत जलजला गाउँपालिका लेकफाँटका रुद्र बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरु माथि रघुगंगा गाउाँपालिका ५ झिँका मन प्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थम बहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापालाई पक्राउ गरेको हो । सहरकारी रजिष्टारको कार्यालय पोखराको पत्रमा जाहेरीका आधारमा बचत कर्ताका बचत रकम हिनामिना गरेको आरोपमा सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित कससरमा अनुसन्धान तता तहकिकातको सिलसिलामा सहकारीका संस्थाका व्यवस्थापक संचालक समितिका पदाधिकारीलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई जिल्ला अदालत म्याग्दीबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा समेत लिईएको छ । सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानविनका लागि समेत माग गर्नुभएको थियो ।