जलजला गाउँपालिका वडा नं ५ मा ज्येष्ठ नागरिकहरुलाई म्याग्दी बहुमुखी क्याम्पसद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। लेखफाँटमा सामाजिक सुरक्षा भत्ता वितरण को अवसरमा राष्ट्रिय वाणिज्य बैंकको सहयोग, लेखफाँट वडा कार्यालयको समन्वयमा र म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जलजला गापाका वडा नं ५ का वडा अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख श्रीधर सुबेदीले ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता पाएपछि जथाभावि प्रयोग नगर्न र आफ्ना सन्तानले समेत दुरुपयोग गर्न सक्ने भएकाले सचेत हुन अनुरोध गनुभयो ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरुको सन्तानको आँखा लगाउने प्रबृत्तिले समेत ज्येष्ठ नागरिक मारमा परेको बताउँदै वडाका जनप्रतिनिधिले समेत खोजी गर्नुपर्नेमा जोड दिइएको थियो ।

सोही अवसरमा माध्यामिक तहपछिका स्नातकोत्तरसम्मको शिक्षाका लागि अव जिल्ला बाहिर जानुपर्ने बाध्यता नभएको बताउँदै नतिजा र। ब्यवस्थापनमा पनि म्याग्दी बहुमुखी क्याम्पस उत्कृष्ट रहेको क्याम्पस प्रमुख सुबेदीको भनाई थियो । राज्यले भत्ताका लागि गरेको प्रयासका बारेमा समेत चर्चा भएको थियो ।

वित्तिय साक्षरता कार्यक्रममा सामाजिक सुरक्षा भत्ताबाट औषधि उपचार, फलफूल लगायत पौष्टिक तत्व दिने खानेकुराहरूको प्रयोगलाई प्राथमिकता दिन र धुम्रपान, मध्यपान सहितका कार्यहरुलाई निरुत्साहित गर्न राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख नवराज सुवेदीले अनुरोध गर्नुभएको थियो ।

कार्यैक्रममा प्रहरी चौकी लेखफाँटका प्रसानी महन रेवतले भत्ताका लागि छोराछोरीको धम्की आए प्रहरीमा खवर गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य माया कुमारी भुषाल सुबेदी, क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण सुबेदी,वडा सदस्य रूप बहादुर पुन वडा विकास सहजकर्ता पबित्रा खत्री लगायत ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो।

Leave a Reply