Two feet of a dead body, with an identification tag. vector drawing. autopsy.

पर्वतस्थित कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार  जलजला गाउँपालिका–८ नाग्लीवाङको खनियाघाटमा कालीगण्डकी नदीको बिच भागमा शव फेला परेको हो ।

बुधवार साँझ करिब ५०÷५२ वर्ष उमेरका ती पुरुषको कुनै पनि पहिचान खुल्न नसक्दा शव जिम्मा लगाउन नसकिएको प्रहरीले बताएको छ ।

गहुँगोरो वर्ण, पाँच फिट छ इन्च उचाइ, सेतो फुलेको तथा छोटो कपाल भएका,सानो सेतो टुपी पालेका उनको कसैले पहिचान गर्न सक्ने भएमा प्रहरीमा खबर गर्न वा परिवारलाई जानकारी गराउन पर्वत प्रहरीले अनुरोध गरेको छ । शवको लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी प्रदेश अस्पताल (पर्वत) को शव गृहमा राखिएको छ।

Leave a Reply