अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गरेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय सङ्कटकाल लगाउने घोषणा गर्नुभएको थियो ।
मेक्सिकोको सीमा हुँदै गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सेना परिचालन गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सीमा क्षेत्रमा लडाकू जहाज, हेलिकप्टरसहित एक हजार पाँच सय सेना परिचालन गरिएको छ । जसमध्ये एक हजार स्थल र पाँच सय जल सैनिक छन् ।
उनीहरू बोर्डर मिसनका रूपमा परिचालित भएका छन् । चार वटा सैन्य विमान परिचालन गर्ने पनि तयारी भएको खबरमा उल्लेख छ ।
यो क्षेत्रबाट तत्कालै पाँच हजार अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी रहेको कार्यवाहक रक्षामन्त्री रोबर्ट सेल्सेसले बताउनुभएको छ ।मेक्सिकोको सीमा क्षेत्रबाट निवर्तमान राष्ट्रपति जो बाइडेनको पालामा एकै वर्षमा तीन लाखसम्म आप्रवासी अमेरिका प्रवेश गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा एजेन्सीको तथ्याङ्क छ ।