गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको खेलमा मालिकाले मंगला गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेनी नगरपालिकाले १ का बिरुद्ध तीन सेट जित्दै अन्नपूर्ण गाउँपालिकालाई पन्छाउँदै फाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव,माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक,व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल महोत्सवको अन्तिम दिन माघ ८ गते हुने प्रतियोगिताका संयोजक तारानाथ रेग्मीले बताउनुभयो । प्रतियोगिताको महिलातर्फको खेल आइतबार विहानदेखि हुने छ ।

पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ टिमले नाम दर्ता गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितियले क्रमश १ लाख ५१ हजार १ सय, द्धितियले ७५ हजार १ सय नगद र महिलातर्फ प्रथम ७१ हजार १ सय र द्धितियले ४० हजार १ सय नगद प्राप्त गर्नेछन् ।

Leave a Reply