गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव,माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक,व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको उद्घाटन खेलमा धवलागिरी गाउँपालिकालाई पराजित गदैं मालिकाले विजय सुरुवात गरेको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम सेटमा धवलागिरीलाई रोक्दै मालिकाले उपाधी जितेको हो भने गलकोट नगरपालिका निर्धारित समयमा खेलमैदानमा उपस्थित नभएपछि बेनी नगरपालिका विजय भएको प्रतियोगिताका संयोजक तारानाथ रेग्मीको भनाई छ ।
प्रतियोगिताको शुक्रबार मंगला गाउँपालिका र रघुगंगा गाउँपालिका, जलजला गाउँपालिका र अन्नपूर्ण गाउँपालिका बिच हुने छ । पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ टिमको सहभागिता रहेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितियले क्रमश १ लाख ५१ हजार १ सय, द्धितियले ७५ हजार १ सय नगद र महिलातर्फ प्रथम ७१ हजार १ सय र द्धितियले ४० हजार १ सय नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।