यहाँहरुलाई शीर्षकले केही अलमलमा पार्न सक्छ, किनभने हाम्रो सामान्य बुझाइमा नकारात्मक भनेको सधैँ नकारात्मक नै हुन्छ अर्थात् नराम्रो भनेको सधैँ नराम्रो नै हो । नकारात्मकता भित्र पनि सकारात्मक पक्ष कसरी हुन सक्छ ? यो स्वाभाविक प्रश्न हो, जसरी मेरो मनमा पनि यो जिज्ञासा उत्पन्न भएको थियो । मैले जीवनमा नकारात्मकताको सदुपयोगिताको बारेमा पहिलो पटक गहिरो बोध मेरा श्रद्धेय गुरु डा. योगी बिकाशानन्दज्यूबाट प्राप्त गरेँ । उहाँको प्रवचनले मलाई अत्यन्त प्रभावित गरायो र नकारात्मकताको बिषयमा नयाँ दृष्टिकोण प्रदान ग¥यो । यसअघि मेरो बुझाइ पनि सामान्य थियो, नराम्रो भनेको सधैँ नराम्रै हो, नकारात्मक भनेको नकारात्मक नै हो । मैले यसका सकारात्मक पक्षको सम्भावना बारे कहिल्यै कल्पना गरेकै थिइनँ ।

तर गुरुज्यूको शिक्षाले जीवन र जगतलाई हेर्ने मेरो सोचमा परिवर्तन ल्यायो । उहाँले सिकाउनु भयो कि नकारात्मकता केवल बाधा मात्र होइन, यो आत्म–विश्लेषण, सुधार र व्यक्तित्व विकासको अवसर हो । जीवनका कठिनाइ र चुनौतीहरूले हामीलाई अझ परिपक्व र बलियो बनाउने क्षमता दिन्छन् । उहाँको शिक्षाबाट मैले नकारात्मकतालाई नयाँ दृष्टिकोणले हेर्न र यसको सदुपयोगिता बारे गहनरुपले बोध गर्न पाएँ, जसले मेरो सोच र जीवनको बाटो नै परिवर्तन ग¥यो ।
एक पटक एक युवक सुख र शान्तिको खोजीमा एक योगीको आश्रममा पुग्यो । योगीलाई बिन्ती ग¥यो, “गुरुदेव, मलाई सधैँ सुखी हुने आशीर्वाद दिनुस् ?”

योगीले मुस्कानसाथ उत्तर दिए, “म तिमीलाई आशीर्वाद दिन्छु, तिमीले जीवनमा सबै कुरा भोग्नु परोस् ।”
युवक अचम्ममा प¥यो । “सुख मात्र होइन, दुःख पनि ? यसलाई आशीर्वाद कसरी मान्न सकिन्छ ?” उसले सोध्यो ।
योगीले भने, “सुख र दुःख जीवनका दुई पाटा हुन् । तिमीले दुबैलाई भोग्नै पर्छ, केवल सुखले मात्र जीवनलाई बुझ्न सकिँदैन । दुःखले तिमीलाई सहनशील र बलियो बनाउँछ । जीवनको सम्पूर्णतालाई बुझ्न तिमीले दुबै भोग्नुपर्छ ।”

यस प्रसङ्गले स्पष्ट पार्छ कि दुःख, जुन हामी सामान्यतया नकारात्मक मान्छौँ, वास्तवमा जीवनको पूर्णता बुझ्नका लागि महत्वपूर्ण छ । योगीको दार्शनिक दृष्टिकोणले भन्छ कि सुखको वास्तविक अस्तित्व दुःख बिना सम्भव छैन । दुःखले जीवनमा स्थिरता, परिपक्वता र नयाँ दृष्टिकोण दिन्छ, जसले सुखको अनुभवलाई अझ गहिरो र मूल्यवान बनाउँछ ।

यो बुझाइले देखाउँछ कि दुःख नराम्रो होइन, बरु त्यो जीवनको महत्वपूर्ण अंश हो, जसले मानिसलाई सम्पूर्ण जीवनको अर्थ र सार प्रदान गर्छ । जीवनमा सबै कुरा भोग्नुको अर्थ हामीले जीवनको सम्पूर्णतालाई बुझ्नु र सबै प्रकारका अनुभवहरूलाई स्वीकार्नु हो । यसले व्यक्तिलाई जीवनका हरेक परिस्थिति, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक, समान रूपमा ग्रहण गर्न सिकाउँछ ।

जीवनका विभिन्न चरणहरूमा हामीलाई नकारात्मक परिस्थितिहरूको सामना गर्नुपर्छ । ती परिस्थितिहरूले हाम्रो मानसिक, शारीरिक र भावनात्मक स्थितिमा असर पु¥याउन सक्छ । तर यस्ता नकारात्मक अनुभवहरूको भित्र पनि एक गहिरो सकारात्मकता लुकेको हुन्छ, जसलाई हामीले ध्यानपूर्वक बुझ्न आवश्यक छ । यो सकारात्मकता भनेको सङ्कटको समयमा हाम्रो आत्म–विश्लेषण, धैर्य र बलियो बन्ने क्षमतामा आधारित हुन्छ । जीवनको यो द्वन्द्वात्मक प्रकृतिले हामीलाई सधैँ दुईतर्फीय विचारधारामा राख्छ, एकातिर नकारात्मकता हुन्छ भने अर्कातिर सकारात्मकताको सम्भावना ।

जब कुनै व्यक्तिले आफ्नो जीवनमा ठूलो असफलता भोग्नुपर्छ । त्यतिखेर मानिसले आफूलाई बेकार, कमजोर वा असफल महसुस गर्न सक्छ । तर यस असफलताको भित्र सिकाइका धेरै पक्षहरू हुन्छन् । असफलताले हामीलाई हाम्रो कमजोरीहरू पहिचान गर्न, भविष्यका लागि थप तयार बनाउन र साहसलाई पुनः जागृत गर्न प्रेरित गर्छ । मानौँ कुनै विद्यार्थीले परीक्षामा असफलताको सामना गर्छ । पहिलो नजरमा यो नकारात्मक घटनाक्रम हो, तर यस असफलताले उसलाई कठिन परिश्रम, योजनाबद्ध अध्ययन र नयाँ तरिकाहरू अपनाउन प्रेरित गर्छ । यो एक नकारात्मक घटनामा पनि सकारात्मक पक्षको खोजी हो ।

जब हामी नकारात्मक परिस्थितिहरूमा पर्छौं, त्यतिबेला हाम्रो वास्तविक सामथ्र्य बाहिर आउँछ । नकारात्मक अनुभवहरूले मानिसलाई सिकाउँछ कि कसरी आफूलाई परिस्थितिमा अनुकूल बनाउन सकिन्छ, कसरी असफलताबाट सिकेर सफलतातर्फ अगाडि बढ्न सकिन्छ । यो हाम्रो आत्म–निर्माणको प्रक्रिया हो, जसमा हामी कठिनाइ र समस्याहरूको सामना गर्दै अझ बलियो हुन्छौँ ।

आखिर नकारात्मकता भित्रको सकारात्मकता भनेको जीवनको परिवर्तनशीलता र अनिश्चिततालाई बुझेर हाम्रो सामथ्र्य र क्षमताहरूलाई अधिकतम प्रयोग गर्ने कुरा हो । नकारात्मक घटनाक्रमहरू, चुनौतीहरू र असफलताहरूले हामीलाई आत्म–चिन्तन गर्ने अवसर दिन्छन् र अझ सशक्त, सजीव र सकारात्मक बन्न मद्दत गर्छन् । हामीले हाम्रो जीवनमा नकारात्मकताभित्रको सकारात्मकता खोज्न सिक्नुपर्छ, जसले हामीलाई सधैँ नयाँ मार्गतर्फ डो¥याउँछ । जीवनका सबै नकारात्मक परिस्थितिहरूको भित्र लुकेको सकारात्मक पक्षको खोजी गर्नु एउटा दार्शनिक दृष्टिकोण हो, जसले हामीलाई हरेक चुनौतीलाई स्वीकार गर्न र अघि बढ्न मद्दत गर्छ ।

–सञ्जय जुग्जाली, मालिका गाउँपालिका– ०७, बिम, म्याग्दी

Leave a Reply