शैक्षिक परामर्शदाता एभरेस्ट ग्लोबल एजुकेशन अष्ट्रेलियाले नेपालका दुई राष्ट्रिय भलिबल खेलाडीलाई ब्राण्ड एम्बासडर बनाएको छ । राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा माली र सरस्वती चौधरीलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको एभरेस्ट ग्लोबल एजुकेशन सिड्नी शाखाका प्रमुख सुमन बानियाँले बताउनुभयो ।

राष्ट्रिय टोलीका भरपर्दा स्पाइकर माली र नेपाली भलिबलकी एक सफल तथा उत्कृष्ट महिला भलिबल खेलाडी चौधरीलाई यूवाका लागि सचेतनामुलक अभियान, भलिबल खेलको प्रोत्साहन सहित संस्थागत गतिविधिमा समेत सघाउने गरी नियुक्त गरिएको हो ।

दुबै खेलाडी म्याग्दीकाली यूनाइटेडबाट भलिबल खेल्न अस्टेलिया जानुभएको थियो । खेलाडी मालीले स्नातक तथा चौधरीेले स्नातकोत्तर अध्ययरत हुनुहुन्छ । दुबै खेलाडीले देशको लागि खेल्दै आफ्नो पढाईलाई पनि निरन्तरता दिईरहेकाले सबैको प्रेरणाको स्रोत बन्ने गरी यूवापुस्ता लक्षित गतिविधिलाई समेत प्रोत्साहन गरिने एभरेस्ट ग्लोबल एजुकेशनले जनाएको छ ।

Leave a Reply