पर्वतको जलजला गाउपालिकाको १८औ गाउँ सभा तथा हिउँदे अधिबेशन आईतबार सम्पन्न भएको छ। अधिबेशनले चालू आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ ओटा योजनाको बजेट थि घट तथा रकमान्तर गरेको छ। गाउँ शभाका अध्यक्ष राजुप्रशाद आचार्यले गाउँ पालिकाको हालसम्म को खर्च तथा उपलब्धी प्रस्तुत गर्नुभएको हो ।
चालू आर्थिक बर्षको बजेट ३६ करोड७८ लाख ६१ हजार रूपया मध्य हालसम्म १३ करोड ४५ लाख ४७ हजार खर्च भयको र पुजिगत तर्फ १३ करोड ४५ लाख५२ हजार रूपया मध्य २ करोड १२ लाख ५ हजार रूपया खर्च भएको आचार्यले बताउनु भयो ।पालिकाले चालू आर्थिक बर्षमा ७५ लाख २५ हजार रूपया राजस्व संकलन गरेको छ।
पालिकाले विभिन्न शाखाले गरेका काम प्रगति को बारेमा पनि अधिबेशन मा प्रस्तुत गरेको थियो । पालिकाले शुरू गरेको एम्बुलेन्स सेबा बाट १६० जनाले निशुल्क र १३३ जनाले शशुल्क सेवा लियको र उत्त सेवा बाट ४ लाख ७७ हजार रूपया आम्दानी गरेको आचार्य ले जानकारि दिनुभयो । पालिकामा न्यायिक समितिमा हालसम्म १७ वटा उजुरी परेको परेको जानाकारि दिनु भएको छ।
पालिकाले पुर्वाधार तर्फ पनि वडा न ३ वडा ४वडा ८,वडा नम्बर ७ मा पुर्बाधार निमार्ण काम सम्पन्न तथा सम्झौता भएको अधिबेशन मा जानकारी गरायको हो ।उत्त कार्यक्रम मा न्यायिक तथाबिभिन्न बिधेयक तथा ऐनहरू प्रस्तुत गर्नुभएको थियो । भेषनाथ आचार्यले संचालन गर्नु भएको कार्यक्रममा वडा अध्यक्ष सदस्य ,कार्यपालिका सदस्य पत्रकार लगायको उपस्थिति रहेको थियो ।