रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले पहिलो जिल्ला भेला यही पुस २७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हुने भएको छ । जिल्ला भेलासँगै जिल्ला कार्यसमितिको नेतृत्व तथा कार्यसमितिका सदस्य चयनका लागि खुल्ला अह्वान गरिएको भेला संयोजक युवराज रोकाले बताउनुभयो ।

‘यो यूवाहरूलाई नेतृत्व गर्ने अवसर हो, हामीले खुल्ला बहसबाटै नेतृत्व चयन गछौं’ संयोजक रोकाले भन्नुभयो । पार्टीलाई जिल्लास्तरमा सुदृढ बनाउँदै आगामी गतिविधि तय गर्न यो भेला कोशेढुङ्गा हुने संयोजक रोकाको भनाई छ ।

भेलामा केन्द्रिय नेताहरू प्रतिनिधिसभा सदस्य मनिश झाँ, हरि ढकाल, बिनिता कठायत,गण्डकी प्रदेशका सभापति तथा केन्द्रिय सदस्य राजन गौतम, केन्द्रिय सदस्य राजन गौतम र केन्द्रिय सदस्य मोहनजङ्ग थापाको उपस्थिती हुने सदस्य छवि आचार्यले जानकारी दिनुभयो ।

बेनीबजारको शिखर होटलमा सम्पन्न हुने भेलामा प्रदेश तथा जिल्लाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति हुने छ ।

रास्वपाले म्याग्दीमा जनताको बढ्दो आकर्षणको बीचमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै भेला आयोजना गरेको र प्रथम भेलाबाट चयन भएको नेतृत्वले आगामी २०८४ केन्द्रित अभियान सञ्चालन गर्ने केन्द्रिय सदस्य मोहनजंग थापाको भनाई छ ।

प्रथम भेलामा सहभागि हुन र कार्यसमितिमा बस्न इच्छुक स्थानीय कार्यकर्ता, शुभेच्छुकहरूले पुस २६ गते साझ ५ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।

पार्टीको प्राथमिकतामा स्थानीय मुद्दाहरूको सम्बोधन, युवाहरूको नेतृत्वमा आधारित पहल, र जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर काम गर्ने योजना रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।

Leave a Reply